काठमाण्डु, १२ कात्तिक– राष्ट्रपति रामवरण यादवले मिथिलाञ्चलको महान पर्व छडका अवसरमा शुभकामना दिएका छन् । बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति यादवले छठी माताले तोकिएकै समयमा संविधान जारी अग्रसर हुन दलका नेतालाई शक्ति प्रदान गर्ने विश्वास व्यक्त छन् । पूर्वनिर्धारित मितिमै मुलुकको सार्वभौमिकता...
चितवन, १२ कात्तिक– चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणमा खटिएको अवस्थामा हत्या भएका निकुञ्ज कर्मचारी शेषचन्द्र चौधरीको परिवारलाई विभिन्न संघसंस्थाले सहयोग जुट्ने क्रम सुरु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार हालसम्म तीन लाख छ हजार उनका परिवारलाई हस्तान्तरण गरिसकिएको छ भने सहयोग...
जनकपुर, १२ कात्तिक– मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र निष्ठासाथ सूर्यको उपासना गरेर आज छठ पर्व मनाइँदै छ । कात्तिक शुक्ल चौथीका दिन नुहाइखाई विधिबाट सुरु भएको पर्वमा ब्रतालु आज षष्ठी तिथिका दिन निराहार ब्रत बसेका छन् । आज साँझ घर नजिकैको नदी, तलाउ र जलाशयमा...
विराटनगर, १२ कात्तिक– मोरङमा मङ्गलबार साँझ भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । राजघाटबाट उर्लाबारीतर्फ जाँदै गरेको को १९ प ४४५५ नम्बरको मोटरसाइकल राजघाट–७ मा एक्कासि सडकमा पल्टिएर दुर्घटना हुँदा मोटरासइकल चालक झापा दमक–१७ का...
भक्तपुर, १२ कात्तिक- मध्यपुरथिमि गठ्ठाघरस्थित नमुना बस्ती समाजले तिहारमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट रु एक लाख ५८ हजार सङ्कलन गरेको छ । सामुदायिक भवन बनाउने उद्देश्यका साथ एकदिन समाजका सदस्यको सहभागितामा आयोजना गरिएको देउसीभैलो कार्यक्रमबाट सो रकम सङ्कलन भएको समाजका अध्यक्ष भुवनकुमार क्षेत्रीले...
कैलाली, १२ कात्तिक- जिल्लाको अत्तरिया नगरपालिकास्थित श्रीपुरमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्षदेखि एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू गरेको छ । सो कृषि सहकारीले अत्तरिया नगरपालिकाका तीनवटा वडामा उक्त कार्यक्रम लागू गरेको संस्थाका अध्यक्ष नन्दलाल भट्टले जानकारी...
काठमाण्डु, १२ कात्तिक– नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुट्नुअघि नेताहरुबीच माघ ८ पछि सत्ता समिकरणको विषयले समेत प्रमुखता पाउँदा निर्णयमा ढिलाइ भएको छ । सत्ताको नेतृत्वको विवाद बढ्दा संविधानका विषयमा समेत अलमल भएको बैठकमा सहभागी स्रोतले बतायो । स्रोतका अनुसार कांग्रेस माघ ८ पछि पनि...
काठमाण्डु, १२ कात्तिक– सरकारले वैदेशिक रोजगारीका लागि उज्वेकिस्तान खुला गरेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्रीस्तरीय निर्णय गरी म्यानपावर एजेन्सीमार्फत निःशुल्क उज्वेकिस्तान खुला गरेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले उज्वेकिस्तानमा कामदार पठाउन राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।...
काठमाण्डु, १२ कात्तिक– वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय कम्पनीले तलब भत्ता र फर्कने कागजात समेत नदिई बिचल्लीमा पारेको हो । ‘साइद हादी अल दोस्सरी कन्ट्राक्टिङ इष्ट’ कम्पनीमा कार्यरत उनीहरुलाई सम्झौता अवधि समाप्त...
काठमाण्डु, १२ कात्तिक– नेपाली वैज्ञानिकसहित अनुसन्धानकर्ताको एक समूहले मानव शरीरमा नयाँ रक्तनली उत्पादन गर्ने प्रविधि (स्टेम सेल बेस्ड थेरापी) को विकास गर्न सकिने पत्ता लगाएको छ । अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिनमा कार्यरत नेपाली वैज्ञानिक डा. नुतन प्रसाईंसहितको टोलीले यो सफलता प्राप्त गरेको...
काठमाण्डु, १२ कात्तिक– नेपाल आयल निगमले पछिल्लो एक महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य घटाइसकेको छ । १६ कात्तिकमा फेरि घटाउने तयारी छ । तर, पनि सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । १५ कात्तिकबाट लागू हुने गरी सरकारले सार्वजनिक सवारीसाधनमा साविकको भाडामा...
काठमाण्डु, ११ कात्तिक– नेपाली सेनाका अवकाशप्राप्त पूर्वप्रधानसेनापति र पूर्वरथीको सहभागितामा सोमबारदेखि सुरु भएको भेटरान भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समापन भएको छ । कार्यक्रममा प्रधानसेनापति गौरवशम्शेर राणाले सेनाको तालिम, परिचालन तयारीलगायत नियमित कार्य सहजरुपमा सम्पादन हुँदै आएको जानकारी गराए । अनुशासित, नैतिकवान एवम् क्षमतावान नेतृत्व...