उदयपुर , १२ कात्तिक – साउने खाँबु गाविसको साउने बजारमा आज बिहान ट्रकको ठक्करबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ जिल्लाको बतासे गाविस–१ बस्ने रामेश्वर राईका छोरा वर्ष १३ का सन्जोग राई रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ...
काठमाण्डु, १२ कात्तिक – वरिष्ठ लेखक गणेशमान श्रेष्ठले पृथ्वीनारायण शाहले कान्तिपुर एकीकरण गरेको दिन विक्रम संवत १८२५ असोज १३ गतेलाई राष्ट्र स्थापना दिवस र पृथ्वी वर्षको घोषणा गर्नुपर्ने माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले नेपालको सुरुवातको आधिकारिक घोषणा नहुँदा...
कञ्चनपुर, १२ कात्तिक – नेपाली काँग्रेसका सभासद् तारणीदत्त चटौतले सुकुम्बासी आयोगले ल्याएको नीति जनताको पक्षमा नभएकाले आयोग विघटन गर्नुपर्ने बताएका छन् । बुधबार गाउँ एकाइ कमिटी झलारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद्मा छलफल गरेर मात्रै आयोग गठन हुनुपर्नेमा मन्त्रीको निर्णयमा आयोग गठन भएको...
म्याग्दी, १२ कात्तिक – चिसो बढेसँगै उपल्लो मुस्ताङका ८ विद्यालयका विद्यार्थी बेँसी झरेका छन् । लोमान्थाङ, छोेसेर र छोन्हुप गाविसमा सञ्चालित ती विद्यालयका २०० विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न पोखरा झरेका हुन् । चिसोका कारण हरेक वर्ष दिव्यदीप मावि छोसेर, राष्ट्रिय निमावि लोमान्थाङ र...
नुवाकोट, १२ कात्तिक – तुप्चे गाउँ विकास समितिमा क्रियाशील जनजागृत युवा क्लबले एकीकृत माओवादी उपाध्यक्ष स्व पोष्टबहादुर बोगटीको नाममा स्मृति अक्षयकोष स्थापना गरेको छ । क्लबका प्रमुख संरक्षक एवम् सल्लाहकार पोष्टबहादुर बोगटीको राष्ट्रिय योगदानलाई सम्मान गर्दै अक्षयकोष स्थापना गरिएको क्लबका अध्यक्ष शिवराम रिजालले जानकारी...
दाङ, १२ कात्तिक – दाङको धर्ना गाविस–१ धारपानीमा रहेको पाण्डेश्वर मन्दिरमा आज लगभग साढे ६ हजार किलो तौल भएको त्रिशूल रािखएको छ । पाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले त्यहाँ विश्वमै ठूलो तौल भएको त्रिशूल राखिएको मन्दिर व्यवस्थापन समितिका...
काठमाण्डु, १२ कात्तिक – आइसिसी विश्व क्रिकेट लिग डिभिजन तीन अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई ३५ रनले पराजित गरेकाे छ । मलेसियाले नेपाललाई १४३ रनको दिएकाे थियाे । वर्षाले खेल अवरूद्ध भएपछि डिएल नियमका आधारमा नेपाल ३५ रनले विजयी भएको हो।...
काठमाण्डु, १२ कात्तिक – हिन्दूराष्ट्र कायम हुनुपर्ने माग राख्दै शान्तिपूर्ण अनसनमा बसेकालाई प्रहरी प्रशासनले गरेको ज्यादतीविरुद्ध राप्रपा नेपालले घोर भत्सर्ना र विरोध गरेको छ । शान्तिपूर्ण रुपमा अनसनरत धर्मगुरुहरुलाई दुव्यर्वहार, धरपकड, धार्मिक आस्थाको पुस्तक गीता च्यात्ने, अनसनस्थल जवर्जस्ती ढंगले भत्काउने सरकारी कार्यको राप्रपा नेपालले...
पाँचथर, १२ कात्तिक – २२ दलीय मोर्चाले पाँचथरको फिदिममा आगामी कात्तिक १८ गते भव्य आमसभा गर्ने भएको छ । सभालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव, सद्भावना पार्टी अध्यक्ष महन्थ ठाकुर, सङ्घीय...
रौतहट , १२ कात्तिक – रौतहटमा जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको लक्ष्मीनिया गाविस–२ फतुवा हर्साहा जाने बाटोको बाँसघारीमा एक महिलाको शव जलेर क्षतविक्षत अवस्थामा भेटिएकोे इलाका प्रहरी कार्यालय लक्ष्मीनियाका प्रहरी सहायक निरीक्षक तुलसी पौडेलले जानकारी दिए । आज बिहान...
रसुवा, १२ कात्तिक– एकीकृत माओवादी रसुवाले समानान्तर कमिटी गठन गरेको भन्दै नेता बाबुराम भट्टराई पक्षधर पूर्वसभासदसहित आधा दर्जन नेता कार्यकर्तामाथि कारबाही गरेको छ । पोलिट्ब्युरो सदस्यद्वय नारायण दाहाल र हितबहादुर तामाङको उपस्थितिमा मंगलबार बसेको जिल्ला कमिटी बैठकले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा उनीहरुमाथि कारबाही...
काठमाण्डु, १२ कात्तिक– मोरङमा छिमेककी युवती बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुमल्लाका ४७ वर्षीय किर्तिमान राई छन् । उनले तिहारको भाइटीकाका छिमेकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । राईले भाइटीकाको राति १० बजे घरमा कोही...