विश्वकै सबैभन्दा ठूलोे त्रिशूल दाङमा

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ७:४१ मा प्रकाशित

दाङ, १२ कात्तिक – दाङको धर्ना गाविस–१ धारपानीमा रहेको पाण्डेश्वर मन्दिरमा आज लगभग साढे ६ हजार किलो तौल भएको त्रिशूल रािखएको छ ।

trishulपाण्डवेश्वर महादेव मन्दिर धारपानीलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले त्यहाँ विश्वमै ठूलो तौल भएको त्रिशूल राखिएको मन्दिर व्यवस्थापन समितिका संयोजक गणेशराज अधिकारीले जानकारी दिए ।

फलाम, पित्तल, तामा, सुन र चाँदीबाट तयार गरिएको त्रिशूल भालुवाङबाट शोभा यात्रासहित मन्दिर स्थल पुर्याइएको थियो ।

साढे ६ हजार किलो तौल र साढे ४२ फिट अग्लो त्रिशूल स्थापना कार्यक्रममा हजारौँ भक्तजनको उपस्थिति रहेको थियो । बुधबार बिहान भालुवाङबाट निकालिएको शोभायात्रा लमही, घोराही हुँदै धारपानीमा पुगेको संयोजक अधिकारीले बताए ।

उक्त त्रिशूल २२ लाखको लागतमा निर्माण गरिएको बताइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us