समाचार

पर्यटन बोर्डका कार्यकारी प्रमुख निरौला निलम्बित

२०७१ कार्तिक १३ गते ७:२१

काठमाण्डु, १३ कात्तिक – नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई बोर्डले निलम्बन गरेको छ। यसअघि लेखा समितिले निरौलालाई कात्तिक ९ गतेदेखि लागू हुनेगरी निलम्बन गर्न निर्देशन दिएको थियो । सोही अनुरूप बिहीबार बसेको बोर्डको वैठकले निरौलालाई निलम्बन गर्ने निर्णय गरेको हो।...

बीबीसीको उत्कृष्ट सूचीमा दुई नेपाली महिला

२०७१ कार्तिक १३ गते ७:१२

काठमाण्डु, १३ कात्तिक – बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस  (बीबीसी) ले बनाएको संसारभरका सय महिलाको सूचीमा नेपालका जया लुइँटेल र दर्शन कार्की परेका छन् । लुइँटेल पत्रकार र महिला अधिकारकर्मी हुन् भने कार्की द काठमाडौँ पोष्ट दैनिककी विचार पृष्ठ सम्पादक र ब्लगर हुन्...

दार्चुलामा पहिलोपटक विदेशी पर्यटक पुगेपछि खुसियाली

२०७१ कार्तिक १३ गते ७:००

दार्चुला, १३ कात्तिक – प्राकृतिक सौन्दर्यले भरिपूर्ण त्रिदेशीय सीमा नाका रहेको दार्चुला पर्यटकका लागि गन्तव्य बन्न थालेको छ । दुई देशका तीन नागरिकले पहिलोपटक दार्चुलाको भ्रमण गरेका छन् । गत असोजमा एकजना न्युजिल्यान्डका नागरिकले दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रमा भ्रमण गरेकामा अहिले दुईजना बेलायती...

सामाजिक सुरक्षा भत्ता पचाउने सचिवविरुद्ध मुद्धा दायर

२०७१ कार्तिक १३ गते ६:१२

काठमाण्डु, १३ कात्तिक – सामाजिक सुरक्षा भत्ता वितरण नगरी व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने गाविस सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसंधान आयोगले मुद्धा दायर गरेको छ । सप्तरीको दिघवा गाविस सचिव नारायण यादवले ३ लाख ८७ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मुद्धा दायर...

लुकाएर राखेको अवस्थामा बाघको छाला र हाड बरामद

२०७१ कार्तिक १३ गते ५:०९

संखुवासभा, १३ कात्तिक – संखुवासभा जिल्लाको चिचिलामा २ वटा बाघको हाडछाला बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ । गस्तीका क्रममा प्रहरीको टोलीले जिल्लाको मत्स्यपोखरी १ चिचिला बजार नजिकैको ओढारमुनि बोरामा लुकाएर राखेको अवस्थामा बाघको छाला फेला पारेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी कमल थापाले जानकारी...

बोरामा भेटियो युवकको शव

२०७१ कार्तिक १३ गते ४:५७

गोरखाबजार, १३ कात्तिक – नयाँबजारस्थित बसपार्कनजिकै एक युवकको शव बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको छ । भैलो खेल्न बुधबार साँझ घरबाट निस्केका गोरखा नगरपालिका–२ का १८ वर्षीय वीरबहादुर रम्तेलको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रम्तेलको अनुहारमा ढुङ्गाले प्रहार गरेको...

सवारी दुर्घटनामा दुईको मृत्यु

२०७१ कार्तिक १३ गते ४:५४

नवलपरासी, १३ कात्तिक – भुमही भैरहवा सडकखण्डको रानीपाकडमा गएराति भएको सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । भुमहीबाट परासीतर्फ जाँदै गरेको लु १६ प ३०४७ नम्बरको मोटरसाइकलमा सवार तीनमध्ये दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । अर्का एकजना घाइते भएका छन्...

प्रमुख दल निर्णायक छलफलमा

२०७१ कार्तिक १३ गते ३:५०

काठमाण्डु, १३ कात्तिक– संविधानका अन्तरवस्तुमा सहमति खोज्ने प्रयासमा जुटेका प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अन्तिमपटक पाएको समयसीमा सकिन दुई दिन बाँकी छँदा प्रमुख दलबीच छलफल हुन लागेको हो । तीन दल...

नेसनल ट्रेडिङको जग्गा पार्टी प्यालेसलाई

२०७१ कार्तिक १३ गते २:३३

काठमाण्डु, १३ कात्तिक– नेसनल ट्रेडिङ लिमिटेडले वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अटेर गर्दै अमूल्य जग्गा पार्टी प्यालेस सञ्चालन गर्न निजी क्षेत्रलाई भाडामा दिएको छ । वाणिज्यमन्त्री सुनीलबहादुर थापाको निर्देशन अटेर गर्दै नेसनल ट्रेडिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले दुई ठाउँको आठ रोपनी जग्गा भाडामा दिएका...

एमाओवादी १० प्रदेशको अडानबाट तल नझर्ने

२०७१ कार्तिक १३ गते २:१६

काठमाण्डु, १३ कात्तिक– एकीकृत माओवादीले पहिचान र सामथ्र्यका आधारमा १० प्रदेशको अडान नछाड्ने भएको छ । सत्तारुढ कांग्रेस–एमालेले सकेसम्म कम प्रदेशमा सहमतिमा आउन दबाब बढाइरहँदा एमाओवादीले आफ्नो अडानबाट पछि नहट्ने निर्णय गरेको हो । विवादित विषयमा सहमति जुटाउन संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति...

आजदेखि तीन दिनसम्म वर्षा हुन सक्ने

२०७१ कार्तिक १३ गते २:१०

काठमाण्डु, १३ कात्तिक– नेपालका केही स्थानमा तीन दिनसम्म वर्षात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा विकास भएको पश्चिमी न्यूनचापीय क्षेत्रका कारण तीन दिनसम्म केही ठाउँमा वर्षा हुने महाशाखाको भनाइ छ । । मनसुन सकिएपछि आएको मौसमी परिवर्तनले राम्रो हिउँदे वर्षा समेत...

प्रधानमन्त्रीकै बैंक खाता छैन, हातैमा बुझ्छन् तलब

२०७१ कार्तिक १३ गते १:५३

काठमाण्डु, १३ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाको कुनै पनि बैंकमा खाता छैन । आग्रह गर्दा पनि उनले बैंक खाता नखोलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हातैमा तलब दिने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्री तथा मातहतका सबै कर्मचारीको तलब बैंक खातामा पठाउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us