अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङकन गर्नुभएको छ ? नेपाली राजनीति यतिबेला क्रान्ति र प्रतिक्रान्तिमा केन्द्रित भइरहेको छ । परिस्थिति दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । शान्तिकालको प्रारम्भमा सहकार्यमा आएको एउटा संसदवादी पुजिवादी शक्ति दलाल पुँजिवादी शक्तिमा नाङगोरुपले पतन हुँदै राज्यमा प्रतिक्रान्ति गर्नेतर्फ गइरहेको छ...
काठमाण्डु, १४ कात्तिक– राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा राम्रोसित कान नसुन्ने र बढी निन्द्रा लाग्ने समस्याका कारण गम्भीर बिरामी परेका छन् । रोगले बढी नै सताएपछि अध्यक्ष राणा उपचारका लागि सिंगापुर गएका छन् । उनले आफ्नो रोगबारे पार्टीका नेताहरुलाई जानकारी गराएका छैनन् । गत आइतबार...
काठमाण्डु, १४ कात्तिक– सार्क शिखर सम्मेलनका बेला चार दिनसम्म उपत्यकाका मुख्य सडक दिनभरिजस्तै बन्द हुने ट्राफिक प्रहरीले जनाएको छ । सम्मेलनको विस्तृत कार्यक्रम तय भइनसकेकाले ट्राफिक व्यवस्थापनबारे विस्तृत योजना बनिसकेको छैन । ट्राफिक प्रहरीका अनुसार सम्मेलन सुरु हुने अघिल्लो दिन ९ मंसिरमा सार्क राष्ट्रका...
काठमाण्डु, १४ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनको कार्यदिशाअनुसार पार्टीलाई अघि बढाउन ११ क्षेत्रका विषयगत योजना समेटिएको वाषिर्क कार्ययोजना केन्द्रीय कमिटीमा पेस गर्ने भएका छन् । शुक्रबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा सचिवालयको तर्फबाट तयार पारिएको सो कार्ययोजना अध्यक्ष ओलीले छलफलका लागि...
वीरगन्ज, १४ कात्तिक– वीरगन्ज उपमहानगरपालिकाभित्र सार्वजनिक जग्गा तथा सडक अतिक्रमणविरुद्ध अभियान सञ्चालन गरिएको छ । वीरगन्ज नगरलाई सभ्य र भव्य बनाउनका लागि कात्तिक पहिलो साताबाट वीरगन्ज उपमहानगरपालिकाले विशेष अभियान सञ्चालन गरेको हो । सडक अतिक्रमणविरुद्ध भने यही कात्तिक १७ गतेबाट अभियान सञ्चालन गर्न लागिएको...
बागलुङ, १४ कात्तिक– बागलुङ–गुल्मी जोड्ने झोलुङ्गेपुल बनेपछि एक घण्टाको दूरी पाँच मिनेटमा छोट्टिएको छ । झोलुङ्गेपुल सञ्चालनमा आएपछि दुवै जिल्लाका दर्जन बढी गाविसका बासिन्दा लाभान्वित भएका छन् । २ सय ६५ मिटर लम्बाइ र १२५ मिटर अग्लो झोलुङ्गेपुल दुई वर्ष लगाएर निर्माण गरिएको हो...
काठमाण्डु, १४ कात्तिक– वर्गीय मुद्दा ओझेलमा पारेर जातीय मुद्दा अगाडि सार्दै आएको एमाओवादी नेतृत्व राज्य पुनर्संरचनाका विषयमा पेचिलो दबाबमा पर्न थालेको छ । सर्वसाधारणमा जातीय स्वशासन र आत्मनिर्णयको अधिकार नारा दिँदै सशस्त्र संघर्ष गरेर आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराई...
काठमाण्डु, १४ कात्तिक– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मोलनको सुरक्षाका लागि गृहमन्त्रालयले तयारी थालेको छ । आतंकवादी घुसपैठलाई सुरक्षा निकायले चुनौतीका रुपमा औंल्याएका छन् । आठ देशका राष्ट्र प्रमुखमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै ‘थ्रेट’ रहेको जनाउँदै सुरक्षा निकायले त्यहीअनुसार तयारी...
नुवाकोट, १३ कात्तिक– नुवाकोटको प्रसिद्ध भैरवी मन्दिरबाट मुर्ती चोर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीले चोरी भएको मुर्तीसहित ८ जनालाई बिहीबार बट्टार बजारबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रसुवा श्रमथली–५ का प्रदीप मोक्तान, नुवाकोट सामरी–१ का संयोग नेपाली,...
काठमाण्डु, १३ कात्तिक– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सार्वजनिक सवारी साधानको भाडा बढाए आन्दोलन गर्ने चेतावनी दिएपछि सरकारले तत्काल भाडा बढाउने निर्णय कार्यान्वयन नगर्ने भएको छ । तीन दल बैठकमा सहभागी हुन माइक्रो चढेर बालुवाटार पुगेका श्रेष्ठले प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान एवम् गृहमन्त्री...
काठमाण्डु, १३ कात्तिक– सत्तारुढ काँग्रेस–एमाले बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले कात्तिक १५ गतेभित्र संविधानका विवादित विषयमा सहमति जुटाउन नसके प्रक्रियामा जार्ने निष्कर्षमा पुगेका छन् । तीन दल बैठक बिनानिष्कर्ष सकिएपछि बसेको दुई दलका शीर्ष नेताको बैठकले सहमतिका नाममा संवाद समितिको...
काठमाण्डु, १३ कात्तिक– संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा बिहीबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकमा दलहरुले आफ्ना पूर्वअडान दोहोर्याए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक...