सार्कमा मोदीलाई सर्वाधिक सुरक्षा ‘थ्रेट’

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते १:५७ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मोलनको सुरक्षाका लागि गृहमन्त्रालयले तयारी थालेको छ ।
modiआतंकवादी घुसपैठलाई सुरक्षा निकायले चुनौतीका रुपमा औंल्याएका छन् । आठ देशका राष्ट्र प्रमुखमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबैभन्दा धेरै ‘थ्रेट’ रहेको जनाउँदै सुरक्षा निकायले त्यहीअनुसार तयारी थालेका छन् ।

खुला सिमानाका कारण भारतीय मुजाहिद्दिनलगायतका समूहको ‘थ्रेट’ हुनसक्ने रिपोर्टका आधारमा गृह मन्त्रालयले तयारी थालेको हो । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले सार्क शिखर सम्मेलनमा सुरक्षा महत्वपूर्ण भएकाले सोहीअनुसार तयारी भइरहेको बताए ।

सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले सीमादेखि होटलसम्म चेकिङमा कडाई गरेको छ । उच्च सुरक्षा स्रोतका अनुसार सम्बन्धित दूतावासका अधिकारीहरुसँग नियमित छलफल गरेर सुरक्षा थ्रेटको मूल्यांकन भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us