समाचार

बोक्सीको आरोपमा कपाल मुण्डन

२०७१ कार्तिक १४ गते ९:०२

नुवाकोट, १४ कात्तिक – नुवाकोटको बेतिनी गाविस – ५ की एक महिलालाई स्थानीयवासीले बोक्सीको आरोप लगाई कपाल मुण्डन गरी कुटपिट तथा दुव्र्यवहार गरेका छन् । महिलालाई दुव्र्यवहार गरेको आरोपमा नुवाकोट प्रहरीले मुख्य नाइके ३५ वर्षीया सुनीमायाँ तामाङ र ३१ वर्षीया मनमायाँ तामाङलाई पक्राउ गरेको...

धर्मनिरपेक्षता कायमै रहनुपर्ने माग

२०७१ कार्तिक १४ गते ८:५९

काठमाण्डु, १४ कात्तिक – संविधानमा धर्मनिरपेक्षतालाई अपरिवर्तनीय धारामा राखी तोकिएको समयमै संविधान जारी गर्न राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले माग गरेको छ । महासङ्घले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मृत्यु संस्कारजस्तो संवेदनशील विषयलाई ध्यानमा राखी उपत्यकालगायत देशभरका सबै जिल्लामा यथाशीघ्र समाधिस्थलको व्यवस्था गर्नुपर्ने, ख्रिस्टियन समुदायको...

छोराले आत्महत्या गरेलगत्तै बाबु बेपत्ता

२०७१ कार्तिक १४ गते ८:५५

सोलुुखुम्बु, १४ कात्तिक – काँकु–८ सोलुुखुम्बुका तिलकबहादुर राईले विष सेवन गरी आत्महत्या गरेका छन् भने उनका बाबु गमबहादुर  बेपत्ता भएका छन् । बुधबार घरमा बाबुछोराबीच झगडा भएपछि बाबु बेपत्ता भएको र साँझ छोराले विष सेवन गरेको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । विष...

विदेशबाट पठाएको रकम चलखेल गर्न नपाएपछि सौतेनी सासूले निकालिन् बुहारी

२०७१ कार्तिक १४ गते ७:१५

पथरी, १४ कात्तिक – मोरङ बयरवन– ६ की ललिता चौधरीलाई सौतेनी सासूले घर निकाला गरेपछि माइतीको शरणमा पुगेकी छन् । श्रीमान् वैदेशिक रोजगारीमा गएको मौका पारेर सासू र नन्दले रकममा ‘चलखेल गर्ने’ उद्देश्यले ३४ वर्षीया ललितालाई निकालेको पीडितको आरोप छ । दुई सन्तानकी आमा...

सरकारको अबको क्रिकेट फोकस ‘वन डे’ मान्यता दिलाउनु : खेलकुदमन्त्री

२०७१ कार्तिक १४ गते ७:०८

काठमाण्डु, १४ कात्तिक – यूवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सरकारको अबको क्रिकेट फोकस भनेकै एक दिवसीय मान्यता दिलाउनु रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले नेपाली क्रिकेटलाई अझै बलियो बनाउन पाकिस्तान, श्रीलंका र माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेलाउने र...

बामदेवले कमल थापालाई हनुमान भनेपछि संसदमा हंगामा

२०७१ कार्तिक १४ गते ६:४८

काठमाण्डु, १४ कात्तिक – राप्रपा नेपालले हिन्दू राष्ट्र कायम हुनुपर्ने माग राख्दै बसेका अनसनकारीमाथि गरेको प्रहरी हस्तक्षेपको विरुद्ध व्यवस्थापिका संसद बैठक अबरुद्ध पारेको छ । शुक्रबारको संसद बैठक शुरु भएलगत्तै विशेष समय लिएर बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राज्य माग्नेहरुलाई जबरजस्ती हटाएर...

मुस्लिम समुदायको मोहर्रम मनाइँदै

२०७१ कार्तिक १४ गते ६:१४

नेपालगन्ज, १४ कात्तिक – मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व मोहर्रमूल हराम (मोहर्रम) धुमधामका साथ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव रहिस अहमद सिद्धिकीका अनुसार, आज राति स्थानीय पूmलटेक्रा, बुलबुलिया, टाँगा बिसौनी र धम्बोजीबाट यादगारे हुसैनको सम्झनामा ढोल मिलानको...

पाँचविकास क्षेत्रमै क्रिकेट मैदान हुनुपर्छ : कोईराला

२०७१ कार्तिक १४ गते ६:०२

काठमाण्डु , १४ कात्तिक – नेपाली कांग्रेस नेतृ सुजाता कोईरालाले नेपाली क्रिकेट टोलीलाई बधाई दिएकी छन् । बिहिबार राजधानीमा संचारकर्मीसंग कुरा गर्दै उनले नेपालले हात पारेको सफलताले समग्र राष्ट्रकै मनोबल उच्च भएको बताइन् । नेपाली क्रिकेट खेलाडीले आवश्यक स्रोत र साधनको अभावमा प्राप्त सफलताले...

एक वर्षमा २५ सय महिला वैदेशिक रोजगारीमा

२०७१ कार्तिक १४ गते ५:४४

सिन्धुपाल्चोक , १४ कात्तिक – गत आर्थिक वर्षमा सिन्धुपाल्चोकबाट मात्रै दुई हजार ५०० महिला वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार यो सङ्ख्या देशभरबाटै सबैभन्दा बढी हो । धेरै महिला कामदार जाने जिल्लामा सिन्धुपाल्चोक पहिलो नम्बरमा परेको छ ।...

प्रधानमन्त्रीले दिए डा. कुमुद धिताललाई बधाई

२०७१ कार्तिक १४ गते ५:३९

काठमाण्डु, १४ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले मृत मानिसको मुटु विरामीमा प्रत्यारोपण गरी सफलता प्राप्त गरेका अष्ट्रेलियामा कार्यरत नेपाली डा. कुमुद धिताललाई टेलिफोन गरी बधाई दिएका छन् । प्रधानमन्त्री कोइरालाले चिकित्सा क्षेत्रमा नै अद्भूत मानिएको यो सफलता नेपाली चिकित्सकको प्रयासमा प्राप्त हुनु समस्त नेपाली...

केपी ओली र चमेरो डनबीच विशेष सम्बन्ध रहेको खुलासा

२०७१ कार्तिक १४ गते ४:५४

काठमाण्डु, १४ कात्तिक– एमाले अध्यक्ष केपी ओलीमाथि पर्टीभित्रैबाट डनहरुको संरक्षण गरेको आरोप लाग्दै आएकाे छ । नवौं महाधिवेशनका बेला उनका प्रत्यासी माधवकुमार नेपालले पटकपटक ओलीमाथि डनवाद, धनवाद र गनवादको आरोप लगाएका थिए । हुन पनि बेलाबेलामा ओलीले गुण्डा नाइके भनेर चिनिएकाहरुको सन्दर्भमा विवादास्पद व्यवहार र...

११ वर्षीया बालिका बलात्कार घटना लेनदेनमा मिलाउन दबाब

२०७१ कार्तिक १४ गते ४:०५

झापा, १४ कात्तिक– छिमेकीबाट बलात्कृत झापा जलथल–८ की ११ वर्षीया बालिकाका अभिभावकलाई पीडक पक्षले दबाब दिएर लेनदेनमा मुद्दा मिलाउन खोजेको खुलासा भएको छ । बालिका बलात्कारको अभियोगमा पक्राउ परेका स्थानीय रामकृष्ण गौतमको परिवारले पीडित पक्षलाई पैसामा मुद्दा मिलाउन निरन्तर धम्की दिँदै आएको जानकारी पीडितले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us