विदेशबाट पठाएको रकम चलखेल गर्न नपाएपछि सौतेनी सासूले निकालिन् बुहारी

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ७:१५ मा प्रकाशित

पथरी, १४ कात्तिक – मोरङ बयरवन– ६ की ललिता चौधरीलाई सौतेनी सासूले घर निकाला गरेपछि माइतीको शरणमा पुगेकी छन् ।

श्रीमान् वैदेशिक रोजगारीमा गएको मौका पारेर सासू र नन्दले रकममा ‘चलखेल गर्ने’ उद्देश्यले ३४ वर्षीया ललितालाई निकालेको पीडितको आरोप छ ।

दुई सन्तानकी आमा ललितालाई सौतेनी सासू र नन्दले दुव्र्यवहार गर्ने र ज्यान मार्ने योजनासमेत बनाएको थाहा पाएपछि छरछिमेकीलाई सुनाएकी थिइन् ।

हाल सुनसरीको एकम्बास्थित माइतीको शरणमा बसिरहेकी ललिताका दुई सन्तानसँग समेत भेट गर्न दिइएको छैन । उनले आफ्ना सन्तानसँग भेट गर्न पाउनुपर्ने बताएकी छन् ।

ललिताले आफूलाई घरमा स–सम्मान पुनःस्थापना गर्न मानव अधिकार आयोग, इन्सेक, र सम्बन्धित निकायसँग आग्रह गरेकी छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us