छोराले आत्महत्या गरेलगत्तै बाबु बेपत्ता

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ८:५५ मा प्रकाशित

सोलुुखुम्बु, १४ कात्तिक – काँकु–८ सोलुुखुम्बुका तिलकबहादुर राईले विष सेवन गरी आत्महत्या गरेका छन् भने उनका बाबु गमबहादुर  बेपत्ता भएका छन् ।

बुधबार घरमा बाबुछोराबीच झगडा भएपछि बाबु बेपत्ता भएको र साँझ छोराले विष सेवन गरेको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

विष सेवन गरेका २९ वर्षीय तिलकलाई तत्कालै इलाका स्वास्थ्य चौकी बासा लगिएकामा उनको त्यही निधन भएको थियो ।

छोराको निधन भएपछि बाबुको व्यापक खोजी गरिएको भए पनि कतै भेटिएको छैन । घरमा रहेका बाबु, आमा र श्रीमतीसँग झगडा गरेपछि सबैजना भागेको मौकामा राईले विष सेवन गरेको बताइएको छ ।

साँझ श्रीमती घर फर्कंदा विष सेवन गरेको भेटाएपछि स्वास्थ्य चौकी लगिएको र उनको मृत्यु भएपछि बिहीबार खोजी गर्दा आमा चाहिँ गाउँमा भेटिएको भए पनि बाबु अझै बेपत्ता छन् ।

सम्भावित सबै स्थानमा खोजी गरिए पनि बाबु गमबहादुरको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us