धर्मनिरपेक्षता कायमै रहनुपर्ने माग

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक – संविधानमा धर्मनिरपेक्षतालाई अपरिवर्तनीय धारामा राखी तोकिएको समयमै संविधान जारी गर्न राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले माग गरेको छ ।

महासङ्घले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मृत्यु संस्कारजस्तो संवेदनशील विषयलाई ध्यानमा राखी उपत्यकालगायत देशभरका सबै जिल्लामा यथाशीघ्र समाधिस्थलको व्यवस्था गर्नुपर्ने, ख्रिस्टियन समुदायको बडा दिन ‘इष्टर’ मा सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने र महासङ्घसँग सरकारले गरेको पूर्व सम्झौताहरुको यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।

महासङ्घका महासचिव सिवी गहतराजले मुलुक लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष राज्य घोषणा भए पनि ख्रिस्टियन समुदायले आफ्नो धार्मिक परम्पराअनुसार मृत्यु संस्कारसमेत गर्न नपाएको गुनासो गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us