प्रधानमन्त्रीले दिए डा. कुमुद धिताललाई बधाई

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते ५:३९ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले मृत मानिसको मुटु विरामीमा प्रत्यारोपण गरी सफलता प्राप्त गरेका अष्ट्रेलियामा कार्यरत नेपाली डा. कुमुद धिताललाई टेलिफोन गरी बधाई दिएका छन् ।

sushilप्रधानमन्त्री कोइरालाले चिकित्सा क्षेत्रमा नै अद्भूत मानिएको यो सफलता नेपाली चिकित्सकको प्रयासमा प्राप्त हुनु समस्त नेपाली र सिंगो राष्ट्रकै गर्वको विषय भएको बताएका छन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले उहााको यस सफलताले मुटुको खरावीको कारण जीवन गुमाउन पर्ने अवस्थामा रहेका संसारभरका मानिसहरुमा पुनर्जीवनको आशा पलाएको बताएका थिए । प्रधानमन्त्रीले आउदा दिनमा उहाालाई थप सफलता प्राप्त हुन सकोस् भन्ने शुभकामना पनि दिएका छन् ।

अष्ट्रेलियाको सेन्ट भिसेन्ट अस्पताल र भिक्टर चाङ्ग कार्डियाक रिसर्च इन्स्टिच्यूटको संयुक्त प्रयासमा मृत अर्थात धड्कन बन्द भएको मुटुलाई पुन सक्रिय पारी मेसिनमा राखेर विरामीमा प्रत्यारोपण गर्ने सफलता प्राप्त भएको थियो । डा. धिताल अष्ट्रेलियाको सेन्ट भिसेन्ट अस्पतालमा मुटु प्रत्यारोपण विभागमा विशेषज्ञ शल्य चिकित्सक छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us