एक घण्टाको बाटो पाँच मिनेटमै

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते २:५१ मा प्रकाशित

बागलुङ, १४ कात्तिक– बागलुङ–गुल्मी जोड्ने झोलुङ्गेपुल बनेपछि एक घण्टाको दूरी पाँच मिनेटमा छोट्टिएको छ ।
झोलुङ्गेपुल सञ्चालनमा आएपछि दुवै जिल्लाका दर्जन बढी गाविसका बासिन्दा लाभान्वित भएका छन् । २ सय ६५ मिटर लम्बाइ र १२५ मिटर अग्लो झोलुङ्गेपुल दुई वर्ष लगाएर निर्माण गरिएको हो । निर्माण सम्पन्न भए पनि उद्घाटनसँगै सर्वसाधारणका लागि केही दिनमा खुल्ला गरिने जनाइएको छ ।

बागलुङ र गुल्मीबीच भएर बग्ने बढीगाड खोलामाथि बनेको उक्त पुल सञ्चालन हुनासाथ सर्वसाधारणलाई आवतजावतमा ठूलो सहजता मिल्ने पुल निर्माण समितिका अध्यक्ष विष्णु भुसालले बताए ।

बागलुङको दगातुम्डाँडा–९ सक्न्यारदेखि र गुल्मीको पौंदीअमराइ–९ अरेवा जोड्ने गरी बनेको पुलले पश्चिम बागलुङका विभिन्न गाविसदेखि गुल्मीको तम्घाससम्म आवतजावत गर्न सहज हुने अध्यक्ष भुसालको भनाइ छ ।

अघिपछि एक घण्टा लगाएर हिाड्नुपर्ने दूरी पुलले एक मिनेटमै छोट्टाएपछि गाउाले पनि दङ्ग छन् । किसान, मजदुर, विद्यार्थी, पेसाकर्मीलगायत सर्वसाधारणको दैनिकी पनि पुलकै कारणले सरल बन्ने देखिएको छ ।

बागलुङको दतातुम्डााडा, सिसाखानी, रणसिाहकिटेनी, जलजला, ग्वालीचौरलगायत गुल्मीको पौंदीअमराइ, मुसीकोट, नेटा, इस्मा, घमिरलगायतका गाविसका बासिन्दा पुलबाट प्रत्यक्ष लाभान्वित हुने छन् ।

मध्यपहाडी लोकमार्गको माथिबाट बनेको पुल भएको हुँदा पर्यटकीय दृष्टिकोणले पनि महत्व बढेको अध्यक्ष भुसालले बताए । करिब एक करोड लागतमा निर्माण सम्पन्न भएको पुलको केही दिनभित्रै औपचारिक उद्घाटन गर्ने निर्माण समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us