वीरगन्जमा अतिक्रमणविरुद्ध अभियान

काठमाण्डु टुडे २०७१ कार्तिक १४ गते २:५८ मा प्रकाशित

वीरगन्ज, १४ कात्तिक– वीरगन्ज उपमहानगरपालिकाभित्र सार्वजनिक जग्गा तथा सडक अतिक्रमणविरुद्ध अभियान सञ्चालन गरिएको छ ।

वीरगन्ज नगरलाई सभ्य र भव्य बनाउनका लागि कात्तिक पहिलो साताबाट वीरगन्ज उपमहानगरपालिकाले विशेष अभियान सञ्चालन गरेको हो । सडक अतिक्रमणविरुद्ध भने यही कात्तिक १७ गतेबाट अभियान सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

उनले सडक अतिक्रमण गरी जथाभावी बनाइएका घर–टहरा हटाउनका लागि सार्वजनिक रुपमा नगरवासीलाई आह्वान गरिसकेको र १७ गतेसम्म पनि घर टहरा आफौले नहटाएको खण्डमा उपमहानगरपालिका आफौले भत्काउने बताए ।

एसियाली विकास बैंकको सहयोगमा वीरगन्जको सडकसहित नाला तथा ढल व्यवस्थित गर्न लागिएको हो । वीरगन्जको प्रिपामा भने उपमहानगरपालिकाले सडक विस्तारकार्य उपमहानगरपालिकाले सुरु गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us