काठमाण्डु, १३ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाको कुनै पनि बैंकमा खाता छैन । आग्रह गर्दा पनि उनले बैंक खाता नखोलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
कार्यालयले हातैमा तलब दिने गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्री तथा मातहतका सबै कर्मचारीको तलब बैंक खातामा पठाउने गरेको छ । तर, प्रधानमन्त्री कोइराला र उनको स्वकीय सचिवालयका कर्मचारीको बैंक खाता नआएपछि हातैमा तलब दिने गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
आफ्नो खबरको अगाडि लेख्छ, बैंक खाता नभएपछि व्यवस्थित रुपमा तलब पठाउन समस्या हुने कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीले भने,‘प्रधानमन्त्रीसहित स्वकीय सचिवालयका सबै कर्मचारीको खाता भए सीधै बैंकमा तलब पठाउन सकिन्थ्यो ।
खाता नखोलेपछि सबैको नाममा छुट्टाछुट्टै चेक काटेर दिने गरिएको छ ।’ हाल प्रधानमन्त्री कोइराला र स्वकीय सचिवालयका सबै कर्मचारीको तलबको छुट्टाछुट्टै चेक उनका प्रमुख स्वकीय सचिव वसन्त गौतमले बुझेर सबैलाई दिने गरेका छन् ।
नयाँ पत्रिकाबाट