पर्यटन बोर्डका कार्यकारी प्रमुख निरौला निलम्बित

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ७:२१ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक – नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई बोर्डले निलम्बन गरेको छ।

subas niraulaयसअघि लेखा समितिले निरौलालाई कात्तिक ९ गतेदेखि लागू हुनेगरी निलम्बन गर्न निर्देशन दिएको थियो । सोही अनुरूप बिहीबार बसेको बोर्डको वैठकले निरौलालाई निलम्बन गर्ने निर्णय गरेको हो।

यसअघि निरौलालाई ‘करोडौँ रकम अनियमितता गर्नमा प्रत्यक्ष संलग्न देखिएको’ भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले निलम्बन गर्न निर्देशन दिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us