काठमाण्डु, १३ कात्तिक – सामाजिक सुरक्षा भत्ता वितरण नगरी व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने गाविस सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसंधान आयोगले मुद्धा दायर गरेको छ ।
सप्तरीको दिघवा गाविस सचिव नारायण यादवले ३ लाख ८७ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाही माग गर्दै बिशेष अदालत काठमाण्डुमा मुद्धा दायर गरेको हो ।