काठमाण्डु, १३ कात्तिक– चीनले एक वर्षभित्र ‘चीनविरोधी गतिविधिु’ पूर्ण रूपमा अन्त्य गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । तिब्बती शरणार्थीलाई ‘चीनविरोधी तत्त्व’ भन्दै चीनले उनीहरूलाई पक्राउ गरी सुपुर्दगी गर्न पनि दबाब दिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुनको...
जनकपुर, १३ कात्तिक– मिथिलाञ्जलको महापर्व छठ श्रद्धालुले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको छ । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरेपछि यो पर्वको समापन हुने परम्परा छ । श्रद्धालुले सरोवर गङ्गासागर, धनुषसागर,...
नुवाकोट, १२ कात्तिक– एकीकृत माओवादी नुवाकोटले समानान्तर कमिटी गठन गर्ने पाँच जिल्ला नेतामाथि कारबाही गरेको छ । पोलिट्ब्युरो सदस्यद्वय नारायणप्रसाद दाहाल र हितबहादुर तामाङको उपस्थितिमा बुधबार बसेको जिल्ला कमिटी बैठकले उनीहरुलाई अनिश्चितकालका लागि निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा जिल्ला समिति सदस्यहरु राजकुमार रेग्मी,...
काठमाण्डु, १२ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आफ्नो पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् । आफू पक्षधर नुवाकोट र रसुवाको कार्यकर्ता भेलालाई बुधबार काठमाण्डुको मनमैजुमा सम्बोधन गर्दै भट्टराईले ००६ सालबाट सुरु भएको कम्युनिष्ट आन्दोलनले एउटा अध्याय पार गरेको भन्दै नयाँ...
खोटाङ, १२ कात्तिक– खोटाङ सुङ्देल–४ की ४६ वर्षीया राधिका राईले खुकुरी प्रहार गरी आफ्नै पतिको हत्या गरेकी छन् । उनले ४६ वर्षीय चतुरमान राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मदिराले लटठ् भएका राई र श्रीमतीबीच विवाद भएपछि श्रीमतीले घाँटीमा खुकुरी...
बनेपा, १२ कात्तिक – एमाले नेता माधवकुमार नेपालले एमाओवादीको अनावश्यक अडानले संविधान निर्माणमा बाधा पुगेको बताएका छन् । बुधबार बनेपामा आफू पक्षधर कार्यकर्तासँगको भेटमा उनले संविधान निर्माण वीरवलको खिचडी जस्तो हुने त होइन् भन्ने आशंका गरे । उनले के को आधारमा चार प्रदेशको कुरा...
काठमाण्डु, १२ कात्तिक – व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले प्रक्रिया पूरा नगरी सवारी भाडा वृद्धि नगर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ । उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरीको अध्यक्षतामा बुधबार भएको बैठकले इन्धनको मूल्य क्रमशः घट्दै गएकाले सवारी...
काठमाण्डु, १२ कात्तिक – गत असोज महिनामा मात्रै विभिन्न जिल्लामा गरी आठ किशोरी तथा महिलाको हत्या भएको छ । सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमनमा एक महिनामा आठको हत्या भएको देखाएको हो । यस्तै समाचार अनुगमनका क्रममा २१ बलात्कारको घटनाका ९७ वटा समाचार, महिलाबेचविखनका...
लहान, १२ कात्तिक – एकीकृत माओवादी नेता प्रभू साहले सङ्घीयतासम्बन्धी काँग्रेस र एमाले नेताको पछिल्लो अभिव्यक्ति सहमतिभन्दा पनि भाड्ने प्रवृत्ति भएको टिप्पणी गरेका छन् । नेता साहले पहिचानसहितको सङ्घीयता आवश्यक रहेको बताउँदै सहमतिको आधारमा निर्माण हुने संविधानले मात्र मुलुकको हित गर्ने बताएका छन् ।...
भीमदत्तनगर, १२ कात्तिक – दार्चुलाबाट अहिलेसम्म सात सय ५५ किलो बहुमूल्य जडीबुटी यार्सागुम्बा निर्यात भएको छ । जिल्लामा करिब साढे ९ क्विन्टल यार्सा सङ्कलन भएकामा अहिलेसम्म साढे ७ क्विन्टल निकासी भएको तथा अझै एक क्विन्टल बाँकी रहेको यार्सा व्यापारीहरुले बताएका छन् । असोजको अन्तिम...
काठमाण्डु, १२ कात्तिक – नेकपा – माओवादी सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीभित्र क्रान्तिको कार्यदिशाको बहस गम्भीर र गहन भइरहेको स्वीकारेका छन् । पार्टीलाई सहि राजनैतिक या क्रान्तिकारी कार्यदिशामा हिंडाएर क्रान्ति सम्पन्न गर्नका लागि पार्टीमा सामान्य होइन असमान्य तवरबाट बहस चलिरहेको प्रष्ट पारेका छन् । आफ्नो...
काठमाण्डु, १२ कात्तिक – एकीकृत माओवादीले आगामी ८ माघ भित्रै संविधान जारी गर्न सबै पक्षलाई सहमतिमा आउने विशेष आग्रह गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बसेको पार्टी पदाधिकारी र राजधानीमा उपलब्ध नेताहरूको बैठकले सहमतिबाटै संविधान लेखन प्रक्रियालाई पूर्णता दिनुपर्ने र...