काठमाण्डु, १२ कात्तिक – नेकपा – माओवादी सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीभित्र क्रान्तिको कार्यदिशाको बहस गम्भीर र गहन भइरहेको स्वीकारेका छन् ।
पार्टीलाई सहि राजनैतिक या क्रान्तिकारी कार्यदिशामा हिंडाएर क्रान्ति सम्पन्न गर्नका लागि पार्टीमा सामान्य होइन असमान्य तवरबाट बहस चलिरहेको प्रष्ट पारेका छन् ।
आफ्नो पार्टी सम्बद्ध ट्रेड युनियनले सञ्चालन गर्दै आएको एक अनलाइनमा अन्तर्वार्ता दिदै विप्लवले संसदवादी दलहरुको धोका र बेइमानीका साथै जवरजस्ती पुरानो राज्य सत्ता जनतामाथि लाद्ने खेललाई परास्त गरेर जनताको राज्य सत्ता निमार्णका आधार बनाउन पार्टीमा बहस चलेको बताएका छन् ।
पार्टीमा बहस चल्दैमा फुटको संघारमा पुगेको कुरा गलत भएको पनि उनले दाबी गरेका छन् । ‘यसको पछाडि प्रतिक्रियावादीहरुको जनतालाई गलत सन्देश दिने र निरास वनाउने जाल अनि वहसलाई मुख्य मर्मवाट विषयान्तर गर्ने, भ्रम फैलाउने, आफनो अवसरवादी अनुहार लुकाउने र अवसरवादी राजनीति लादने नियत दोषी देखिन्छन् ’, विप्लवले भने, ‘ यस्तो प्रचार क्रान्तिकारीलाई कमजोर वनाउने र जनतालाई निरास वनाउने जाल हो यसमा कोहि पनि भ्रममा पर्नु हुदैन ।’
पार्टीमा भइरहेको वहसलाई कसरी सुल्झाउने भन्नेवारेमा अध्यक्ष कमरेड किरणसंग गंभिर छलफल चलिरहेको उनले बताए । उनले भने – ‘हामीले भनेका छौ मिल्छ, एकमतका साथ क्रान्तिकारी कार्यदिशा निमार्ण गरेर जाउ । मिल्दैन छिट्टै विशेष विधि र नीतिको प्रयोग गरेर पार्टीलाई एउटै धारमा जाने वनाऔं ।’
उनले एउटा सार्थक निस्कर्षमा पुग्ने र नेपाली क्रान्तिमा आइलागेको कठिन राजनैतिक मोडलाई सुल्झाएर अगाडि वढ्ने आशा व्यक्त गरे । ।