एमाले–काँग्रेसको पछिल्लो अभिव्यक्ति सहमति भाड्ने प्रवृत्ति : प्रभू साह

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते १२:१६ मा प्रकाशित

लहान, १२ कात्तिक – एकीकृत माओवादी नेता प्रभू साहले सङ्घीयतासम्बन्धी काँग्रेस र एमाले नेताको पछिल्लो अभिव्यक्ति सहमतिभन्दा पनि भाड्ने प्रवृत्ति भएको टिप्पणी गरेका छन् ।

Prabhu_Shah_नेता साहले पहिचानसहितको सङ्घीयता आवश्यक रहेको बताउँदै सहमतिको आधारमा निर्माण हुने संविधानले मात्र मुलुकको हित गर्ने बताएका छन् ।

एमाओवादी केन्द्रीय सदस्य रामरिझन यादवको पिता स्व विश्वनाथ यादवको स्मृति स्थापना गरिएको जानकी विश्वनाथ ट्रस्टले बुधबार सन्हैठामा आयोजना गरेको स्व. यादवको तेस्रो स्मृति सभामा नेता साहले काँग्रेस र एमालेले गणितीय आधारमा संविधान बनाउन खोजेको आरोप लगाए ।

कार्यक्रममा केन्द्रीय सदस्य यादवले समाजमा कायम रहेको पुराना कुसंस्कार र कुरीतिहरुलाई तोड्न आफुले बुबाको स्मृतिमा भोज भतेर नगरी ट्रस्टमाफर्त शैक्षिक विकास र सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us