७ सय ५५ किलो यार्सा निर्यात

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते १२:०२ मा प्रकाशित

भीमदत्तनगर, १२ कात्तिक – दार्चुलाबाट अहिलेसम्म सात सय ५५ किलो बहुमूल्य जडीबुटी यार्सागुम्बा निर्यात भएको छ ।

yarsaजिल्लामा करिब साढे ९ क्विन्टल यार्सा सङ्कलन भएकामा अहिलेसम्म साढे ७ क्विन्टल निकासी भएको तथा अझै एक क्विन्टल बाँकी रहेको यार्सा व्यापारीहरुले बताएका छन् ।

असोजको अन्तिम सातादेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जडीबुटी छुट पूर्जीमा रोक लगाएपछि बाँकी रहेको यार्सा निकासी हुन नसकेको दार्चुलाका यार्सा व्यापारी माधवप्रसाद भट्टले बताए ।

जिल्लाको घुषा, खण्डेश्वरी, ब्यास, गुल्जरलगायत उच्च हिमाली गाविसमा यार्सा पाइन्छ । यस वर्ष लामो समयसम्म यार्सा पाइने ठाउँहरुमा हिउँ जमेकाले गत वर्षको भन्दा कम यार्सा सङ्कलन भएको यार्सा सङ्कलकले बताएका छन् ।

यार्सागुम्बा दार्चुलाका हिमाली गाविसका स्थानीयको भरपर्दौ आम्दानीको स्रोत बनेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us