आजदेखि तीन दिनसम्म वर्षा हुन सक्ने

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते २:१० मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– नेपालका केही स्थानमा तीन दिनसम्म वर्षात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुमण्डलमा विकास भएको पश्चिमी न्यूनचापीय क्षेत्रका कारण तीन दिनसम्म केही ठाउँमा वर्षा हुने महाशाखाको भनाइ छ ।

मनसुन सकिएपछि आएको मौसमी परिवर्तनले राम्रो हिउँदे वर्षा समेत गराउन सक्ने महाशाखाका मौसमविद राजु प्रधानाङ्गले बताए । ‘यो वयुले पूरै नेपाल ढाकेको छ,विभिन्न ठाउँमा वर्षा र उच्च हिमाली भागमा हिमपातसमेत हुन्छ’ उनले भने ।

मंगलबार साँझ सुरु भएको यो बदली कम्तीमा तीन दिनसम्म रहने महाशाखाले जनाएको छ । यस्तो परिवर्तनमा मध्याह्नमा घाम लाग्छ र मध्याह्नपछि बदली हुन्छ । मौसमविदहरुका अनुसार यसमा स्थानीय बायु मिसिँदा केही ठाउँमा औसतभन्दा बढी वर्षा हुन सक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us