संखुवासभा, १३ कात्तिक – संखुवासभा जिल्लाको चिचिलामा २ वटा बाघको हाडछाला बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ ।
गस्तीका क्रममा प्रहरीको टोलीले जिल्लाको मत्स्यपोखरी १ चिचिला बजार नजिकैको ओढारमुनि बोरामा लुकाएर राखेको अवस्थामा बाघको छाला फेला पारेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी कमल थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले बुधबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर बेवारिसे अवस्थामा भेटिएका बाघको हाडछाला सार्वजनिक गरेको हो ।