बोरामा भेटियो युवकको शव

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ४:५७ मा प्रकाशित

गोरखाबजार, १३ कात्तिक – नयाँबजारस्थित बसपार्कनजिकै एक युवकको शव बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको छ ।

भैलो खेल्न बुधबार साँझ घरबाट निस्केका गोरखा नगरपालिका–२ का १८ वर्षीय वीरबहादुर रम्तेलको शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रम्तेलको अनुहारमा ढुङ्गाले प्रहार गरेको चोट छ ।

“बेहोस अवस्थामा प्रहरीले रम्तेललाई बिहान सवा ६ बजे फेला पारेको हो”–प्रहरी नायब उपरीक्षक रमेश थापाले भने–“एम्बुलेन्समा राखेर उपचारका लागि गोरखा जिल्ला अस्पतालमा लगेका हौँ ।”

उपचारका क्रममा रम्तेलको मृत्यु भएको गोरखा जिल्ला अस्पतालले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । रम्तेल सदरमुकाममा पेन्टिङ काम गर्थे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us