प्रमुख दल निर्णायक छलफलमा

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ३:५० मा प्रकाशित

3 dalकाठमाण्डु, १३ कात्तिक– संविधानका अन्तरवस्तुमा सहमति खोज्ने प्रयासमा जुटेका प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अन्तिमपटक पाएको समयसीमा सकिन दुई दिन बाँकी छँदा प्रमुख दलबीच छलफल हुन लागेको हो ।

तीन दल बैठकअघि विवादित विषयमा साझा धारणा तय गर्न सत्तारुढ काँग्रेस–एमाले बैठक बस्दैछ । दुई दल बैठकमा एमाओवादीसँग भएको छुट्टछुट्टै छलफलबारे समीक्षा गरी सहमतिमा नआए प्रक्रियामा जाने विषयमा कुरा हुने एक एमाले नेताले बताए ।

काँग्रेस–एमाले हिमाल–तराई छुने गरी चारदेखि ६ प्रदेश बनाउनुपर्ने अडानमा छन् । एकीकृत माओवादी भने पहचिान र सामथ्र्यका आधारमा १० प्रदेश बनाइनुपर्ने पक्षमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us