अनसनकारीमाथि भएको प्रहरी ज्यादतीविरुद्ध राप्रपा नेपालको आपत्ति

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ७:३० मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक – हिन्दूराष्ट्र कायम हुनुपर्ने माग राख्दै शान्तिपूर्ण अनसनमा बसेकालाई प्रहरी प्रशासनले गरेको ज्यादतीविरुद्ध राप्रपा नेपालले घोर भत्सर्ना र विरोध गरेको छ ।

kamal-thapaशान्तिपूर्ण रुपमा अनसनरत धर्मगुरुहरुलाई दुव्यर्वहार, धरपकड, धार्मिक आस्थाको पुस्तक गीता च्यात्ने, अनसनस्थल जवर्जस्ती ढंगले भत्काउने सरकारी कार्यको राप्रपा नेपालले प्रेस विज्ञप्तिमार्फत विरोध जनाएको हो ।

मङगलबार प्रहरी प्रशासनले शान्तिपूर्ण रुपमाप्रदर्शन गर्न पाउने प्रत्येक नागरिकको मौलिक एवं नैसर्गिक अधिकारमाथि अंकुश लगाउने यस्तो कार्य संविधान र प्रजातान्त्रिक मुल्यमान्यताविरुद्ध भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘हिन्दू धर्ममा आस्था र विश्वास राख्ने सम्पूर्ण धर्मालम्बीहरु माथिको यो निर्मम प्रहार र घोर अपमान हो । उक्त निन्दनीय कार्यको सरकारले तत्काल गल्ति स्वीकार गरी क्षमायाचनागर्ने तथा शान्तिपूर्णप्रदर्शन गर्न पाउने मौलिकअधिकार सुनिश्चित गर्न, क्षतिपुर्ति दिन र प्रक्राउ परेकाहरुलाई तुरुन्त रिहागर्न राप्रपा नेपाल जोडदार माग गर्दछ । ’

सरकारले तत्काल माग पुरा नगरे राप्रपा नेपालले सडक र सदनबाट सशक्त संघर्ष गर्ने र सो सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाउने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us