तिहारका बेला कसले गर्‍यो छिमेकी किशोरी बलात्कार ?

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ५:१७ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– मोरङमा छिमेककी युवती बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मधुमल्लाका ४७ वर्षीय किर्तिमान राई छन् । उनले तिहारको भाइटीकाका छिमेकी १३ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

राईले भाइटीकाको राति १० बजे घरमा कोही नभएको मौका छोपी बारीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  पीडित किशोरीको अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था अत्यन्तै नाजुक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us