राष्ट्र स्थापना दिवस र पृथ्वी वर्ष घोषणाको माग

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ९:४७ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक – वरिष्ठ लेखक गणेशमान श्रेष्ठले पृथ्वीनारायण शाहले कान्तिपुर एकीकरण गरेको दिन विक्रम संवत १८२५ असोज १३ गतेलाई राष्ट्र स्थापना दिवस र पृथ्वी वर्षको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

nepalबुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले नेपालको सुरुवातको आधिकारिक घोषणा नहुँदा नेपालको राष्ट्रियता टोप अथवा टोपीजस्तै आ–आफ्नो साईजको रुपमा मात्रै सोच्ने प्रवृत्ति बढेको भन्दै नेपालमा राष्ट्र स्थापना दिवस र पृथ्वी वर्षको घोषणा गर्नुपर्ने बताएका हुन् ।

श्रेष्ठले नेपालको राष्ट्रको जन्मदिन अथवा प्रारम्भ वर्षलाई आधार मानेर नै नेपालको ऐतिहासिक विकास गरिएमा राष्ट्रिय सहमती बन्ने र विवादहरु सुल्झिने बताए । उनले राजनीतिक दलहरुलाई सत्तामुखी भन्दा राष्ट्रमुखी बन्नका लागि समेत सुझाव दिएका छन् ।

उनले भने–‘‘यो प्रस्तावलाई नेपाल सरकार, संविधान सभा, राजनीतिक दलहरु, नागरिक समाज, सञ्चारजगत र बौद्धिक क्षेत्रले पहलको लागि राष्ट्र स्थापना दिवस र पृथ्वी वर्षको घोषणा गर्दछु ।

श्रेष्ठले हालै आधुनिक नेपालको ३४३ वर्षको राजनैतिक समयचक्र वि.स. १८२५ आश्विन १३ देखि २१६८ आश्विन १२ सम्मको विगत, वर्तमान र भविष्य संकेत गर्दै विश्लेषणात्मक पुस्तक समेत लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us