एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते ३:०१ मा प्रकाशित

कैलाली, १२ कात्तिक- जिल्लाको अत्तरिया नगरपालिकास्थित श्रीपुरमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्षदेखि एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू गरेको छ ।

सो कृषि सहकारीले अत्तरिया नगरपालिकाका तीनवटा वडामा उक्त कार्यक्रम लागू गरेको संस्थाका अध्यक्ष नन्दलाल भट्टले जानकारी दिए ।

उनका अनुसार साना किसानलाई सहुलियत रुपमा ऋण प्रवाह गरेर उनीहरूको आर्थिक अवस्था सुधार गर्न एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था श्रीपुरले दिएको जानकारीअनुसार यस आर्थिक वर्षमा पाँच सय किसानलाई एक गाई एक भैंसी वितरण गरिने लक्ष्य रहेको छ ।

सरकारको मासुजन्य पशुपालन कार्यक्रमअन्तर्गत एक घर पाँच बङ्गुर, एक घर एक पोखरी र मासुजन्यमा एक जनालाई रु दुई लाखसम्म ऋण दिइने संस्थाका व्यवस्थापक टेकराज भट्टले बताए ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us