भक्तपुर, १२ कात्तिक- मध्यपुरथिमि गठ्ठाघरस्थित नमुना बस्ती समाजले तिहारमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट रु एक लाख ५८ हजार सङ्कलन गरेको छ ।
सामुदायिक भवन बनाउने उद्देश्यका साथ एकदिन समाजका सदस्यको सहभागितामा आयोजना गरिएको देउसीभैलो कार्यक्रमबाट सो रकम सङ्कलन भएको समाजका अध्यक्ष भुवनकुमार क्षेत्रीले बताए ।
उनले विगतका वर्षमा देउसी भैलो कार्यक्रम, सहयोग सङ्कलनलगायतका कार्यबाट मन्दिर, सामुदायिक भवन निर्माण गरिएको जानकारी दिए ।