हतियार बनाएर बेच्ने पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते २:४० मा प्रकाशित

रौतहट, ११ कात्तिक– अवैध रूपमा हतियार बनाएर बिक्रीवितरण गर्दै आएका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

लामो समयदेखि घरेलु बन्दुक नलकटुवा बनाएर बिक्री गर्दै आएका जिंगडवा, बेलबिछवा– १ का ५५ वर्षीय बिन्दा हजरा दुसाध रंगेहात पक्राउ परेका हुन्  ।
गोप्य सूचनाका आधारमा उनलाई दुई थान बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले रौतहटले जनाएको छ ।

भारत, बिहारको मोतहारीस्थित ललबगियामा नलकटुवा पेस्तोल बनाएर नेपालमा बिक्री गर्ने गरेको सूचना पाएलगत्तै कार्यालयले सादा पोसाकमा प्रहरी खटाएको थियो ।
ग्राहक बनेर गएका प्रहरीले हजरालाई नलकटुवा बन्दुक बनाउन अर्डर दिए ।

मूल्य तोकियो, दस हजार रुपैयाँ । हजाराले उनलाई करुनिया–१ स्थित लालबकैया नदीको बाँधमा बन्दुक ल्याइदिने बताए । बाँधमा हतियार पुर्यााउन आएका बेला प्रहरीले हजरालाई रङ्गेहात पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us