काठमाण्डुका युवा गाँजासहित वीरगञ्जमा पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ४:०० मा प्रकाशित

वीरगन्ज, ११ कात्तिक– पर्सा प्रहरीले  लागुऔषध इन्जेक्सनसहित काठमाण्डु साँखुका २२ वर्षीय रवि थापालाई पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका–१९ मा जाँचका क्रममा लागुऔषध डाइजेपाम ४०, नर्फिन ४० र फेनारागन ४० थापा पक्राउ परेको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक चन्द्रप्रसाद सिलवालले जानकारी दिए ।
यसैगरी पर्साको जगरनाथपुर–९ हरपुरबाट प्रहरीले सात किलो अवैध लागुऔषध गाँजासहित एकजनालाई पक्रेको छ । धोरे– ८ बस्ने ३५ वर्षीय राजकुमार पटेरालाई गाँजा भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले पक्रेको हो ।

पटेरालाई प्रहरी चौकी पाँडेपुरका प्रहरी सहायक निरीक्षक वीरेन्द्र साह नेतृत्वको टोलीले अवैध लागुऔषध गाँजा सात किलोसहित गएराति पक्रेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us