
काठमाण्डु, ११ कात्तिक – आइसिसी विश्व क्रिकेट डिभिजन ३ मा नेपालले अमेरिकालाई १० रनले जितेकाे छ । वर्षाले अवरुद्ध भएकाे खेलमा डिएल (डकवर्थ लुईस) मेथडका आधारमा नेपाल अमेरिका विरुद्धको खेलमा रनरेटको आधारमा विजयी भएको हाे ।
हिजो पाएको २०५ रनको लक्ष्यलाई पछ्याउने क्रममा भएको खेल वर्षाले अवरूद्द भएपछि आज पुन खेलाइएको खेलमा नेपालले २२४ रनको लक्ष्य पाएकाे थियाे । नेपालले २२ अाेभरमा १ विकेट गुमाउँदै ७३ रन बनाउँदा भारी वर्षाले खेल राेकिएकाे थियाे ।
आज भएको खेलमा टस जितेर व्याटिङ थालेको अमेरिकाले पूरा निर्धारित ओभरको समाप्तीमा ९ विकेटको गुमाएर २२३ रन जोडेको थियो ।
क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाका लागि फहाद बाबरले सर्वाधिक ५९ रन बनाए। शक्ति गौचनको बलमा बोल्ड हुनुअघि उनले ११४ बल खेल्दै चार चौका प्रहार गरेका थिए ।
यस्तै सागर पुनको बलमा बोल्ड हुनुअघि स्टेभेन टेलरले ३६ रन बनाए। तिमिल पटेल पनि ३९ रन बनाएर बसन्त रेग्मीको बलमा बोल्ड भए।
नेपालका लागि शक्ति गौचनले ३, सागर पुन र बसन्त रेग्मीले २- २ विकेट लिए।