माटोको ढिस्कोले पुरिएर चौधरीको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ४:०५ मा प्रकाशित

पथरी, ११ कात्तिक– मोरङको सिसबनी बडहरा– २ मा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ५० वर्षीय हरिनारायण चौधरीको मृत्यु भएको हो ।

ढिस्कोबाट जिवीतै उद्धार गरिएका चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा उपचारका क्रममा मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us