२० किलो चाँदीसहित एकजना पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते ६:४७ मा प्रकाशित

रौतहट, ११ कात्तिक – जिल्ला प्रहरी कार्यालय रौतहटले २० किलो चाँदीसहित एक जनालाई सोमबार पक्राउ गरेको छ ।

silverसदरमुकाम गौरस्थित कबिरचौकबाट २० केजी चाँदीसहित गरुडाबैरिया–६ का १६ वर्षीय राजन झालाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रकाश चौधरीले जानकारी दिए ।

काठमाण्डुबाट ल्याइएको चाँदी तस्करी मार्फत भारततर्फ लैजान लागेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले झाको झोला खानतलासी गर्दा उक्त चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको चाँदी तथा अभियुक्तलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने तयारी भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us