काठमाण्डुृ, १ मंसिर – संविधानका विवादित विषयमा सहमति खोज्न बसेकाे तीनदलीय बैठक निष्कर्षविहिन बनेकाे छ । सिंहदरबारस्थित सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा सोमबार दिउसो बसेकाे बैठकमा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, एमाले उपाध्यक्ष विद्या भण्डारी र एकीकृत माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
हुम्ला, १ मङ्सिर – सदरमुकाम सिमीकोटमा खडेरीले गर्दा खानेपानीको अभाव भएको छ । आइतबार प्रहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोखे सुनारलगायत १० जनाको टोली नयाँ योजनाको मर्मतसम्भारका साथ छाल्ता खोलाको खानेपानी ल्याउनका लागि खटेको छ । विभिन्न ठाउँका मूल सुकेर पानीको अभाव हुँदै गएपछि...
काठमाण्डु, १ मंसिर – सत्तारुढ दलहरुले विदेशी राजदुतहरु भेटेर आफूहरुको प्रस्तावबारे जानकारी गराएको केही दिन नबित्दै प्रतिपक्षी दलहरुले पनि आफ्ना एजेन्डाबारे ‘ब्रिफिङ’ गर्न कुटनीतिज्ञलाई आग्रह गर्ने भएका छन् । केही दिनअघि नेपाली कांग्रेस र नेकपा एमालेले माओवादी संविधान निर्माणमा इमानदार नभएको भन्दै राजदुतहरुलाई आफूहरुको...
चितवन, १ मंसिर – उद्योग मन्त्री महेश बस्नेतले एकीकृत माओवादीले संविधान निर्माणमा अवरोध पुर्याए अब हुने निर्वाचनमा सो दल शून्य सिटमा झर्ने बताएका छन् । युवा सङ्घ चितवनले आइतबार भरतपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले बन्दुकको धम्की दिएर संविधान निर्माणमा अवरोध...
सिरहा, १ मंसिर– प्रहरीले गएराति भारततर्फ पैठारी गर्न लगिरहेको अवस्थामा नौ सय केजी सुपारी बरामद गरेको छ । सुपारी कसले कहाँ लग्दै थियो भन्ने खुलेको छैन । विशेष सुराकीका आधारमा फुलकहाकट्टी–५ बाट १५ वटा बोरामा प्याक गरिएको ९०० केजी सुपारी बरामद गरिएको इलाका प्रहरी कार्यालय...
काठमाण्डु, १ मंसिर– एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले संविधानका अन्तरवस्तुमा सहमति नभएसम्म काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको प्रस्तावलाई अघि बढाउन नसकिने निष्कर्ष निकालेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको २२ दलीय मोर्चाको बैठकले सात प्रदेशको प्रस्ताव संवैधानिक समितिमार्फत छलफलका लागि...
रोल्पा, १ मंसिर– हत्या गरी फालिएको अवस्थामा आइतबार रोल्पाको थवाङमा एक व्यक्तिको शब फेला परेको छ । रोल्पाको थवाङ–४ स्थित ५३ वर्षीया कुलबहादुर घर्तीको बीभत्स हत्या गरी फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार धारिलो हतियारले घाँटी तथा पाखुरा छुट्टाएर...
काठमाण्डु, १ मंसिर– नेपाल पत्रकार महासंघको टोलीले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी समयमै संविधान जारी गर्न ध्यानाकर्षण गराउने भएको छ । अध्यक्ष डा. महेन्द्र विष्ट नेतृत्वको महासंघ टोलीले साँझ ५ बजे लाजिम्पाटस्थित निवासमा भेटेर प्रचण्डसँग छलफल गर्न लागेको हो । महासचिव...
काठमाण्डु, १ मंसिर– सार्क शिखर सम्मेलनका बेला नेपालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउन नपाउने भएका छन् । सुरक्षालाई दृष्टिगत गर्दै सरकारले आगामी मंसिर १० र ११ गते हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका बेला मोदीलाई सर्वसाधारणसँग हात मिलाउन नदिने भएको हो...
जाजरकोट, पुन्मा–९ दोकानकी तुल्सरी कामी आइतबार निकै खुसी भइन् । तीन छोरा, ६ छोरी, ४८ नातिनातिनी र १०२ पनातिकी मूली तुल्सरी शनिबार भुर गाविसको पोखरामा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीबाट पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि खुसीले गद्गद भएकी हुन् । पौसट्ठी वर्षीय जेठा छोरा...
म्याग्दी, १ मंसिर– म्याग्दीको बराङजा–८ बुकेनीमा पहिलोपटक एकै दिन धाराबाट पानीे र घरमा बिजुली बलेपछि बुकेनीवासी दङ्ग परेका छन् । शुक्रबार गाउँमा सञ्चालित खानेपानी आयोजना सम्पन्न भई औपचारिक रुपमा उद्घाटन गरिएपछि धाराबाट पानी खसेको हो भने सोही दिन गाउँमा विद्युतीकरण सम्पन्न भई पहिलोपटक बिजुली...
काठमाण्डु, १ मंसिर– नैनीतालको शेरउड कलेजमा पढ्ने एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको छ । कक्षा नौमा अध्ययनरत नेपाली विद्यार्थी शान प्रजापतिको उपचारका क्रममा दिल्ली लैजाँदा लैजाँदै शुक्रबार मृत्यु भएको स्कुल प्रशासनले बताएको छ । घटनापछि शानकोे परिवार दिल्ली पुगेको छ । परिवारले शानको...