कसले गर्यो कुलबहादुरको बीभत्स हत्या ?

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ५:४१ मा प्रकाशित

रोल्पा, १ मंसिर– हत्या गरी फालिएको अवस्थामा आइतबार रोल्पाको थवाङमा एक व्यक्तिको शब फेला परेको छ ।

रोल्पाको थवाङ–४ स्थित ५३ वर्षीया कुलबहादुर घर्तीको बीभत्स हत्या गरी फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका  अनुसार धारिलो हतियारले घाँटी तथा पाखुरा छुट्टाएर ढुङ्गाले टाउको थिचेको अवस्थामा थवाङ–३ स्थित जङ्गलमा घाँसपातमा गर्न गएका स्थानीयले आइतबार बिहान शव भेटाएका हुन् ।

घटनापश्चात् स्थानीयले जिल्ला प्रहरी कार्यालय रोल्पामा खबर गरेपछि प्रहरी टोली आइतबार घटनास्थलमा पुगेको थियो । प्रहरीको पहलमा शवपरीक्षणका लागि जिल्ला अस्पताल  ल्याइएको छ ।

स्थानीयका अनुसार गाउँमा आफन्तको मृत्यु भएपछि शनिबार काजक्रियामा जान भनी घरबाट निस्किएका घर्ती आइतबार बिहानसम्म घर फर्किएका थिएनन् । सोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us