समाचार

गोली पड्काउँदै आएका नकाबधारीद्वारा एसबीआई बैंकमा लुटपाट, बैंकका सुरक्षा गार्डलाई गोली लाग्यो

२०७१ मंसिर २ गते ८:०८

रौतहट, २ मंसिर– रौतहटको चन्द्रनिगाहपुरमा रहेको एसबीआई बैंकमा अज्ञात हतियारधारी समूहले लुटपाट गरेको छ । आधा दर्जनको संख्यामा आएका हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदै बैंक लुटेको हो । उनीहरु सबैले मुखमा नकाब लगाएको प्रत्यक्षदर्शीले बताए । प्रहरीका अनुसार बैंकबाट २० लाख रुपैयाँ लुटपाट भएको प्रारम्भिक...

उपप्रधानमन्त्रीद्वारा सार्क तयारीको निरीक्षण

२०७१ मंसिर २ गते ८:००

काठमाण्डु, २ मंसिर– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सार्क सम्मेलन तयारीका लागि भइरकेका कामको निरीक्षण गरेका छन् । सिंहले मंगलबार सम्मेलनस्थल राष्ट्रिय सभागृह सहित अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, माइतीघर लगायत स्थानको निरीक्षण गरेका हुन् । त्यस क्रममा उनले तयारीको काम अन्तिम चरणमा पुगेको बताए...

३० प्रतिशत नेपालीका घरमा छैन शौचालय

२०७१ मंसिर २ गते ५:५२

काठमाण्डु, २ मंसिर– सरकारले २०१७ सम्ममा मुलुकलाई खुला दिशामुक्त गर्ने घोषणा गरेता पनि कुल जनसङ्ख्याको ३० प्रतिशत अझै पनि शौचालयको उपयोग गर्नबाट वञ्चित छन् । खानेपानी तथा ढल विकास विभागका महानिर्देशक रामदीप शाहका अनुसार शौचालयको प्रयोग गर्ने ७० प्रतिशत जनसङ्ख्यामध्ये कतिपयले कच्ची चर्पी प्रयोग...

किरिया खर्चसमेत नपाएपछि डोटी दुर्घटना पीडित आक्रोशित

२०७१ मंसिर २ गते ४:४०

डडेल्धुरा, २ मंसिर– डेढ महिनाअघि डोटीको बाझीलेकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले अहिलेसम्म कुनै राहत नपाएको गुनासो गरेका छन् । दुर्घटनाका कारण अहिले पनि शोकाकुल अवस्थामा रहेको जोरायल क्षेत्रका मृतकका आफन्तले किरिया खर्चबापतको रकमसमेत नपाएको बताएका  छन् । ‘अहिलेसम्म किरिया खर्च समेत पाएका...

दुर्घटनामा एकको मृत्यु, एक घाइते

२०७१ मंसिर २ गते ४:३३

सिरहा, २ मंसिर–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पड्रियामा गएराति पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको । मृत्यु हुनेमा मोटरसाइकल चालक लहान नगरपालिका–७ का २५ वर्षीय मुना प्रधान रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ च ११५४ नम्बरको भ्यानले विपरीत...

काँग्रेस–एमाले दम्भले मुलुक दुर्घटनातर्फ: प्रचण्ड

२०७१ मंसिर २ गते ४:२७

काठमाण्डु, २ मंसिर–एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस र एमालेको बहुमतीय दम्भले मुलुक दुर्घनातर्फ उन्मुख भएको बताएका छन् । समयमै संविधान जारी गर्न माग गर्दै ध्यानाकर्षण बुझाउन गएको नेपाल पत्रकार महासंघको टोलीसँग आफ्नै निवास लाजिम्पाटमा कुरा गर्दै उनले सहमतिमा संविधान नआए आन्दोलनका...

चालकको छेउमा महिला बस्न पाउने

२०७१ मंसिर २ गते ३:१९

उदयपुर, २ मंसिर– केही दिनअघि कटरीमा सवारी चालकको छेउमा महिला बस्न नपाउने भनी हिमाली यातायात व्यवसायी संघ शाखा कार्यलय कटरी र इलाका प्रहरी कार्यलय कटरीले गरेको निर्णय फिर्ता लिइएको छ । चालकको छेउमा युवती बस्दा चालकले युवतीसँग गफ गर्ने गरेका कारण दुर्घटना हुने गरेको...

सार्कअघि नै कस–कसले लाउँने भए डिआईजी र एसएसपीको फुली ?

२०७१ मंसिर २ गते २:४९

काठमाण्डु, २ मंसिर– गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले सार्क शिखर सम्मेलनअघि नै रिक्त डीआईजी र एसएसपीमा बढुवाको तयारी गरेको छ । हाल ४ डीआईजी र २० एसएसपी पद रिक्त छ । यसअघिका एसएसपीको डीआईजीमा बढुवा भएपछि एसएसपी पद रिक्त भएको हो । तर...

चालक अनुमतिपत्रको आवेदन नखोल्दा सेवाग्राही मर्कामा

२०७१ मंसिर २ गते २:३९

दाङ, २ मंसिर– यातायात व्यवस्था कार्यालय राप्तीले  लामो समयदेखि सवारी चालक अनुमतिपत्र खोल्न नसक्दा सेवाग्राही मर्कामा परेका छन् । गत असार महिनामा सो कार्यालयका प्रमुख  काजमा अन्यन्त्र गएपछि कार्यालय प्रमुखविहीन बन्दा सवारी चालक अनुमतिपत्र खुल्न नसक्दा सेवाग्राही मर्कामा परेका हुन् । चार महिनादेखि प्रमुखविहीन...

नेपालमा जन्मेको एक महिना नपुग्दै हुन्छ १३ हजार शिशुको मृत्यु

२०७१ मंसिर १ गते १४:२१

काठमाण्डु, १ मंसिर– झाडा पखाला, निमोनिया तथा अन्य सङ्क्रमणबाट मर्ने शिशुको तुलनामा महिना नपुगी जन्मेका शिशुको मृत्यु धेरै हुनाले थप स्वास्थ्य चुनौती बन्दै गएको छ । नेपालमा हरेक वर्ष करिब १३ हजार शिशुको मृत्यु जन्मेको एक महिना नपुग्दै हुन्छ, तीमध्ये छ हजार ९०० शिशुको...

सत्तापक्ष र प्रतिपक्षबीच सिंहदरबारमा चर्काकर्ची

२०७१ मंसिर १ गते १३:४८

काठमाण्डु, १ मंसिर– कांग्रेस– एमालेसहितका सत्तारुढ दलका सभासदले आफूहरुद्वारा प्रस्तुत सात प्रदेशको प्रस्ताव छलफलका लागि संविधानसभामा लैजान संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईलाई दबाब दिएका छन् । समितिको सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा उनीहरुले हस्ताक्षर बुझाएका हुन् । काँग्रेस उपसभापति रामचन्द्र पौडेलले...

बादलले भने, ‘विप्लव एक नम्बरका फन्टुस मान्छे हुन’

२०७१ मंसिर १ गते १३:२०

काठमाण्डु, १ मंसिर– नेकपा– माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले सशस्त्र युद्धको तयारी गरिरहेका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एक नम्बरको फन्टुस मानिस भएको टिप्पणी गरेका छन् । ४ मंसिरमा ललितपुरको कुपण्डोलस्थित नेवा: राज्य समिति कार्यालयमा सोमबार भएको कार्यक्रममा बादलले विप्लवले क्रान्तिको हावादारी कुरा गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us