गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ असार १७ गते १३:०८ मा प्रकाशित

काठमाण्डू, १७ असार– काभ्रेपलाञ्चोकको पाँचखालमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । गाडीको ठक्करबाट स्कुटर चालक सिन्धुपाल्चोक जलबिरे गाउँपालिका–१ घर भई हाल पाँचखाल माइक्रो फाइनान्समा काम गर्ने २४ वर्षीया मिनकुमारी श्रेष्ठ रहेकी प्रहरीले जनाएको छ ।

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल–४ मा प्र.३–०२–०१३ प ९५०१ नं. को स्कुटरले बाटो क्रस गर्ने क्रममा काठमाण्डूबाट बाह्रबिसे सिन्धुपाल्चोक तर्फ जाँदै गरेको बा ०८–००१ ज ०१५० नं को गाडीले ठक्कर दिँदा स्कुटर चालकलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरीका सूचना अधिकारी रविन विस्टले जानकारी दिएले जानकारी दिए ।

प्रहरीका अनुसार गाडी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ का ४३ वर्षीय कर्णबहादुर कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

गाडीमा ८ जना सवार मध्ये सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ का ६५ वर्षीय गोपाल भुजेल घाइते भएका छन् । उनको पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us