रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

काठमाण्डु टुडे २०८३ असार १७ गते १३:४१ मा प्रकाशित

काठमाण्डू, १७ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन ।

आज (बुधबार) बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेमार्फत नवनिर्वाचितहरूले शपथ लिएका हुन । गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

शपथलगत्तै नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सभापति रवि लामिछानेले घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us