समाचार

पढाउँदै पढाउँदै कक्षाकोठामा शिक्षक ढलेपछि….

२०७१ मंसिर ३ गते ६:०१

पर्वत, ३ मंसिर– कक्षाकोठामा पढाउँदा पठाउँदै ढलेका शिक्षकको उपचारका लागि ल्याउने क्रममा बाटैमा ज्यान गएको छ । दक्षिण पर्वतको पाखापानी गाविसस्थित स्वधर्म माध्यमिक विद्यालयका शिक्षक सन्तोष गुप्ता मंगलकार कक्षाकोठामै ढलेपछि उपचारका लागि ल्याउने क्रममा ज्यान गएको हो । रुपन्देही जिल्लाको पश्चिम अभवा गाविस–४ घर...

अरुण कोइरालाको अन्त्येष्टि आज

२०७१ मंसिर ३ गते ५:२९

काठमाण्डु, ३ मंसिर– दिल्लीमा उपचारका क्रममा निधन भएका कााग्रेस बाँके सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाका भाई स्वर्गीय अरूण कोइरालाको आज अन्त्येष्टि गरिने भएको छ । कोइरालाको हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको पारिवारिक श्रोतले जनाएको छ । कोइरालाको शव आज बिहान काठमाण्डु ल्याइएको...

दलित बस्तीमा तार टाँगेको दस वर्षपछि बिजुली

२०७१ मंसिर ३ गते ५:१९

गौशाला, ३ मंसिर– महोत्तरीको सीतापुर भङ्गहा गाविस–३ स्थित दलित बस्तीमा १० वर्षपछि बिजुली पुगेको छ । अढाइ सय घरधुरी दलितको बसोबास रहेको सीतापुर बन्द्रा टोलमा एक दशकपछि बिजुली पुगेको स्थानीय सञ्चारकर्मी गोपाल बरालले बताए । ११ वर्ष पहिले पोल र तार झुन्डिएको सो बस्तीमा...

छतमा यात्रु चढाउन पाउनुपर्ने माग गर्दै केपी ओलीलाई ज्ञापनपत्र

२०७१ मंसिर ३ गते ५:१०

इलाम, ३ मंसिर– यातायात व्यवसायीले छतमा यात्रु चढाउन पाउनुपर्ने लगायतका माग राखेर एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । एमाले जिल्ला अधिवेशन उदघाटनका लागि इलाम पुगेका ओलीलाई भेटेर मेची अञ्चलका यातायात व्यवसायी महासंघका प्रतिनिधिले बुधबार ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा सरकारले २० वर्ष...

सोनियाकाे निम्ताे मानेर माधव नेपाल दिल्लीबाट फर्कंदै, देउवा आरजुसँग घुमफिरमा व्यस्त

२०७१ मंसिर ३ गते ४:५५

काठमाण्डु, ३ मंसिर– भारत भ्रमणमा रहेका एमाले नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज स्वदेश फर्कंदै छन् । प्रथम भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको १ सय २५ औं जन्मयजन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कँग्रेस आई अध्यक्ष सोनियाँ गान्धीको निम्तोमा नेपाल आइतबार दिल्ली गएका थिए ।...

१० हजार द्वन्द्वपीडित बालबालिका परिवारसहित विस्थापित

२०७१ मंसिर ३ गते ४:०५

काठमाण्डु, ३ मंसिर– एक अध्ययनअनुसार १९ हजार ९८० द्वन्द्वपीडित बालबालिकामध्ये करिब ५० प्रतिशत बालबालिका परिवारसहित विस्थापित बनेका छन् । मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह नेपाल र सामुदायिक विकास कार्यक्रम नेपाललगायतका सङ्घसंस्थाले गरेको अध्ययनअनुसार परिवारसहित विस्थापित बनेका ५० प्रतिशतमध्ये २० प्रतिशतले बाबु वा आमा...

चन्दले वैद्यलाई जवाफ दिन गर्ने भए पत्रकार सम्मेलन

२०७१ मंसिर ३ गते ३:०१

काठमाण्डु, ३ मंसिर– कपिलवस्तुको शिवगढी जंगलमा भएको भेलाबाट सशस्त्र संघर्षको कार्यदिशा तय गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज पत्रकार सम्मेलन गर्दैछन् । भेलापछि पार्टीभित्र र बाहिरबाट उठेका प्रश्नहरुको जवाफ दिन विप्लवले पत्रकार सम्मेलन गर्ने लागेका हुन् । दिउँसो १ बजे अनामनगरस्थित संवाद...

जिपबाट खसेर एकको मृत्यु

२०७१ मंसिर ३ गते २:५८

रुकुम, ३ मंसिर–जिल्लाको आठबीसकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको जिपबाट खसेर आठबीसडाँडा–५ का प्रजित ओलीको मृत्यु भएको छ । खलंगातर्फ आउँदै गरेको लु१ज २६८५ नम्बरको जिपमा सवार ओली मग्मा गाविसको नदुवानजिकै जिपबाट खसेको प्रहरीले बताएको छ । ढोकानजिकै बसेका ओली एक्कासि ढोका खुलेपछि सडकमा खसेको...

सरकारी कार्यालय पुनस्थापना नहुँदा समस्या

२०७१ मंसिर ३ गते २:४७

भीमदत्तनगर, ३ मंसिर– दार्चुलामा बाढीले बगाउँदा विस्थापित बनेका सरकारी कार्यालय पुन:स्थापना नहुँदा सेवाग्राही मारमा परेका छन् । बाढीले बगाएको डेढ वर्ष बितिसक्दासमेत कार्यालय पुन:स्थापना नहुँदा सेवाग्राही मारमा परेका हुन् । केही सरकारी कार्यालय भाडाका घरमा सञ्चालन भइरहे पनि गुणस्तरीय सेवा भने नपाएको सेवाग्राहीको गुनासो...

बाबुरामविरुद्ध हस्ताक्षर बुझाएर रामचन्द्र किन गए अमेरिका ?

२०७१ मंसिर ३ गते २:३७

काठमाण्डु, ३ मंसिर– संविधान निर्माण प्रक्रिया अनिश्चित भएका बेला काँग्रेस उपसभापति रामचन्द्र पौडेल अमेरिका गएका छन् । काँग्रेस भातृ संस्था जनसम्पर्क समितिको अधिवेशन उद्घाटनका लागि पौडेले गएराति न्युयोर्क प्रस्थान गरेका हुन् ।  पौडेल करिब दुई साता अमेरिका बस्नेछन् । जनसम्पर्क समितिको अधिवेशन आगामी ६...

अवैध हतियार राख्नेकाे पाँच वर्ष जेलमा बास

२०७१ मंसिर ३ गते २:३४

बागलुङ, ३ मंसिर–विनाइजाजत हातहतियार राख्ने व्यक्तिलाई प्रहरीले कारबाही थालेको छ । त्यस्ता हतियार बुझाउन पटक–पटक आग्रह गर्दा पनि हतियार नबुझाएको पाएपछि प्रहरीले खोजतलास अभियान तीव्र बनाएको हो । अघिल्लो साता जिल्लाको भकुण्डे गाविस–६ का ५७ वर्षीय रणसिंह थापालाई अवैध १२ बोर बन्दुक, बारुद, छर्रा,...

वैद्यले चन्दलाई बुद्धनगर बोलाएर हप्काए

२०७१ मंसिर २ गते १४:५४

काठमाण्डु, २ मंसिर– पार्टी विभाजनको संघारमा पुगेका बेला नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र असन्तुष्ट सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । अध्यक्ष वैद्यलाई भेट्न चन्द मंगलबार साँझ पार्टी केन्द्रीय कार्यालय बुद्धनगर पुगेका थिए । करिब तीन घण्टाससम्म भएको भेटमा अध्यक्ष वैद्यले पार्टीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us