पढाउँदै पढाउँदै कक्षाकोठामा शिक्षक ढलेपछि….

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ६:०१ मा प्रकाशित

पर्वत, ३ मंसिर– कक्षाकोठामा पढाउँदा पठाउँदै ढलेका शिक्षकको उपचारका लागि ल्याउने क्रममा बाटैमा ज्यान गएको छ ।

दक्षिण पर्वतको पाखापानी गाविसस्थित स्वधर्म माध्यमिक विद्यालयका शिक्षक सन्तोष गुप्ता मंगलकार कक्षाकोठामै ढलेपछि उपचारका लागि ल्याउने क्रममा ज्यान गएको हो ।

रुपन्देही जिल्लाको पश्चिम अभवा गाविस–४ घर भई स्वधर्म माविमा कार्यरत २८ वर्षीय गुप्ता बिहान सवा बजे कक्षाकोठामा पुगेपछि हाजिर गर्नेक्रममा अकस्मात ढल्न पुगेका थिए ।

ढलेर बेहोस भएका शिक्षक गुप्तालाई उपचारका लागि कुस्मा ल्याउने क्रममा बीच बाटोमै ज्यान गएको विद्यालयका प्रधानाध्यापक अमृत सुवेदीले जानकारी दिए ।
कम रक्तचापका बिरामी गुप्तालाई पर्वत जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us