पाँचथर, ४ मंसिर– पाँचथरको पञ्चमी–१ गोपेटारमा गएराति बास माग्न पुगेको एक समूहले लुटपाट गरेको छ । रातिको समयमा बास माग्ने बहानामा आएका तीनजनाको समूहले स्थानीय मदन गौतको घरमा लुटपाट गरेको हो । लुटेराले होटल सञ्चालक मदन गौतमी श्रीमतीले लगाएको सुनका गरगहना र नगद गरी...
काठमाण्डु, ४ मंसिर– मुलुकको पर्यटन क्षेत्र प्रवर्द्धन गर्न अघिल्लो साता बेलायत पुगेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य गढीमाई मेलामा हुने गरेको पशुपबलिका विषयमा एकाएक सहभागीहरुले प्रश्न उठाएपछि स्तब्ध बने । ‘वल्र्ड ट्राभल्स मार्ट २०१४’ मा सहभागी हुन गएका मन्त्री अमात्यलाई सहभागीहरुले पशुबलिका विषयमा...
रुकुम, ४ मंसिर– लामो रुटमा चल्ने यातायातका साधनमा अब अनिवार्य रुपमा दुई चालकको व्यवस्था गरिने भएको छ । सर्वसाधारणको व्यापक गुनासोपछि जिल्ला प्रशासन कार्यालयले रुकुमदेखि काठमाडौँसम्मको रुटलाई दुई खण्डमा विभाजन गरी दुई चालकलाई अनिवार्य व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको हो । जिल्लास्थित यातायात...
धादिङ, ४ मंसिर– राष्ट्रिय बाणिज्य बैंक उपशाखा गजुरीले ‘दलित’ भन्दै एक युवतीको आवेदन लिन अस्वीकार गरेको छ । उपशाखाले मागेको कार्यालय सहयोगी पदमा आवेदन दिन गएकी गजुरी–१ आदमाराकी सन्तोषी विकको आवेदन दर्ता गर्न बैंकले अस्वीकार गरेको हो । बैंकका उपशाखा म्यानेजर शंकर पौडेलले ‘दलित’...
एजेन्सी– विवादास्पद भारतीय धर्मगुरु बाबा रामपाल पक्राउ परेका छन् । रामपाललाई हरियाणास्थित उनकै सतलोक आश्रमबाट गएराति प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपमा अदालतले दोषी ठहर गरेको भए पनि रामपालले अदालतमा उपस्थित हुन अस्वीकार गर्दै आएका थिए । रामपाललाई पक्रन गएका प्रहरीमाथि उनका सामर्थकले...
इलाम, ४ मंसिर– सरकारले सार्वजनिक सवारीका छतमा यात्रु बोक्न लगाएको प्रतिबन्धको विरोधमा यातायात बन्द गरेका व्यवसायी पछि हटेका छन् । छतमा यात्रु बोक्न पाउनुपर्ने लगायत माग राखेर व्यवसायीले बुधबारदेखि अनिश्चितकालिन यातायात बन्द घोषणा गेरका थिए । बन्द फिर्तासँगै मेचीराजमार्ग र जिल्लाका ग्रामीण भेगमा पूर्ववत्रूपमा...
धनगढी, ४ मंसिर– धनगढी नगरपालिका–७ का घुम्मन रानालाई एक थान बन्दुकसहित पक्राउ गरिएको छ । रानासहितका व्यक्तिले वन्यजन्तुको शिकार गरेको भन्ने सूचनाका आधारमा गएको वडा प्रहरी कार्यालय धनगढीको टोलीले शङ्का लागि रानाको घर हिजो खानतलासी गर्दा एक थान बन्धुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले...
गोरखा, ४ मंसिर– फ्रान्सको एल्जास (सामाजिक गतिविधिमा साझेदारी) संस्थाले गोरखाका छ वटा सरकारी विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गरेको छ । गोरखा नगरपालिका– १ को महेन्द्रज्योति उमावि, ३ को पृथ्वीनारायण बाल विकास प्रावि, ५ को नवज्योति मावि, नारेश्वर गाविसको बिन्दबासिनी उमावि, बालविकास प्रावि र ...
कालिकोट, ४ मंसिर– कालिकोटका दुई गाउँ विकास समिति नि:शुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएका गाविस घोषणा गरिएका छन् । गत वर्ष कालिका गाविस र यो वर्ष मान्म गाविस नि:शुल्क र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएका गाविस घोषणा भएका हुन् । गाविसका सबै बालबालिका...
कञ्चनपुर, ४ मंसिर– जिल्ला सदरमुकाम महेन्द्रनगर बजारदेखि झन्डै आठ किलोमिटर उत्तरी चुरेको फेदमा रहेको भम्केनी धार्मिकस्थलमा धूमपान तथा मद्यपान निषेध गरिएको छ । हेल्प नेपाल कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका–८ तिलाचौर भम्केनी धार्मिकस्थलमा धूमपान तथा मद्यपान निषेध गरिएको हो । हेल्प नेपालका अध्यक्ष तथा धूमपान...
जनकपुरधाम, ३ मंसिर– ऐतिहासिक बाह्रविघा मैदानमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन तथा सम्बोधनको कार्यक्रम राख्नु पर्ने माग गर्दै २२ दलीय मोर्चाले बुधबार यहाँ विरोध जुलुस प्रदर्शन गरेको छ । ‘सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन बाह्रविघामा गर’ जस्ता नारा भएको प्ले कार्ड बोकी...
काठमाण्डु, ३ मंसिर– एमाओवादीसहित २० दलले संविधानसभाभित्रैबाट काँग्रेस–एमालेसहित सत्तारुढ दलविरुद्ध मोर्चाबन्दी गर्ने भएका छन् । एमाओवादी संसदीय ददको कार्यालय सिंहदरबारमा बुधबार बसेको २० दल बैठकले काँग्रेस–एमाले संविधान निर्माण प्रक्रिया बिथोल्न उद्दत रहेको निष्कर्षसहित मोर्चाबन्दीमा उत्रने निर्णय गरेको हो । बैठकले संवैधानिक राजनीतिक संवाद तथा...