बन्दुकसहित समातिए शिकारी राना

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते २:०१ मा प्रकाशित

धनगढी, ४ मंसिर– धनगढी नगरपालिका–७ का घुम्मन रानालाई एक थान बन्दुकसहित पक्राउ गरिएको छ ।

रानासहितका व्यक्तिले वन्यजन्तुको शिकार गरेको भन्ने सूचनाका आधारमा गएको वडा प्रहरी कार्यालय धनगढीको टोलीले शङ्का लागि रानाको घर हिजो खानतलासी गर्दा एक थान बन्धुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको घरमा सोही ठाउँका सीताराम राना, हरिलाल रानासमेतको संलग्नतामा ब“देलको मासु काटिरहेको अवस्थामा प्रहरी टोलीले मासुसहित यी व्यक्तिहरुलाईसमेत पक्राउ गरेको थियो ।

हरिलाल र सीतारामलाई बँदेलको मासुसहित जिल्ला वन कार्यालयमा पठाइएको छ भने घुम्मन रानामाथि हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us