छतमा यात्रु बोक्न पाउनुपर्ने माग राखेर गरिएको यातायात बन्द फिर्ता

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते २:१४ मा प्रकाशित

इलाम, ४ मंसिर– सरकारले सार्वजनिक सवारीका छतमा यात्रु बोक्न लगाएको प्रतिबन्धको विरोधमा यातायात बन्द गरेका व्यवसायी पछि हटेका छन् ।

छतमा यात्रु बोक्न पाउनुपर्ने लगायत माग राखेर व्यवसायीले बुधबारदेखि अनिश्चितकालिन यातायात बन्द घोषणा गेरका थिए ।

बन्द फिर्तासँगै मेचीराजमार्ग र जिल्लाका ग्रामीण भेगमा पूर्ववत्रूपमा सवारीसाधन चलेका छन् ।  स्थानीय प्रशासनसँग भएको वार्ताका क्रममा पक्राउ परेका व्यवसायी छाड्ने सहमतिपति बन्द खुलेको हो ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, सुरक्षा निकायका पदाधिकारी र यातायात व्यवसायीबीच भएको वार्तामा यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न वार्ता गर्ने र पक्राउ परेका यातायात व्यवसायी तथा मजदुरलाई रहाइ गर्ने सहमतिपछि बन्द फिर्ता लिएको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघका ध्यक्ष गृष्म सुब्बाले बताए ।

नेपाल सरकारले २० वर्ष पुगेका पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाउने, हुट हटाउने, गाडीका पुर्जाबिना स्वीकृति परिवर्तन गर्न नपाउनेजस्ता नीति लागू गरेको विरोधमा मेची अञ्चलका यातायात व्यवसायीले बुधबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us