काठमाण्डु, ४ मंसिर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न सार्क शिखर सम्मेलनमा सहभागी हुन स्थालमार्गबाट नेपाल नआउने भएका छन् । मोदी भारतीय वायु सेनाको एमआई–१७ हेलिकोप्टर मार्फत जनकपुर आउने भएका छन् । स्रोतका अनुसार उनी चढेको हेलिकोप्टर अघिपछि वायु सेनाकै दुई हेलिकोप्टरले स्कर्टिङ गर्नेछन् । यसअघि...
रौतहट, ४ मंसिर – रौतहट जिल्लाको कनकपुर गाविसमा लागेको मेलामा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर पड्केर दुई जनाको ज्यान गएको छ । बाला चतुदर्शीको अवसरमा कनकपुर गाविसस्थित पशुपति स्थानमा लागेको मेलामा खाना पकाउने क्रममा राति ९ बजे ग्यास सिलिन्डर विष्फोट भएर दुईजनाको घटनास्थलमै...
काठमाण्डु, ४ मंसिर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटी दलहरुबीचको ध्रुवीकरण रोक्न आग्रह गरेका छन् । बिहीबार अध्यक्ष नेम्वाङलाई भेटी थापाले संविधान सभाको पूर्ण बैठक डाकेर राजनीतिक गतिरोध अन्त्य गर्न समेत अनुरोध गरे । ‘मैले सभा अध्यक्षलाई पार्टीहरुबीचको...
गोरखाबजार, ४ मंसिर – राजधानीमा महिलाको सार्वजनिक उपस्थिति कमजोर भएको बहस चलिरहेकै छ । संविधानमा पनि महिलाका लागि ३३ प्रतिशत मात्रै सहभागिताको व्यवस्था छ । तर, गोरखा बुंकोटको लखन थापा प्राथमिक विद्यालयमा सबै शिक्षक महिला छन् । विगत पाँच वर्षदेखि महिला शिक्षकले यो विद्यालय...
काठमाण्डु, ४ मंसिर – प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीसहितको २२ दलीय मोर्चा प्रचारात्मक कार्यक्रमहरुतिर जाने भएको छ । बिहीबार बसेको २२ दलको बैठकले आउँदो आइतबार राजधानीमा अन्तक्र्रिया र सोमबार कुटनीतिज्ञहरुसँग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । बाइस दलका तर्फबाट एमाओवादी महासचिव कृष्णबहादुर...
मोरङ, ४ मंसिर– वन्यजन्तु चोरी सिकारीमा संलग्न तीन जनालाई मोरङ प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मोरङका विभिन्न सामुदायिक वनमा वन्यजन्तु चोरी सिकारी गर्ने मोरङ शनिश्चरे–८ का २७ वर्षीय सुरज कार्की र सोही ठाउँका २८ वर्षीय भुवन राई र भोगटेनी–१ का ४५ वर्षीय...
इलाम, ४ मंसिर– एमाले सचिव योगेश भट्टराईले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २२ दलीय मोर्चा त्यागेर संविधान निर्माणका लाग्न सुझाव दिएका छन् । इलाममा भएको सञ्चारकर्मीसँगको भेटघाटमा उनले संविधान जारी गर्न कुनै पनि दलको दुई तिहाई बहुमत नपुग्ने भएकाले मिलेर संविधान जारी...
गौशाला, ४ मंसिर– महोत्तरीको हात्तीलेट गाविस–१ स्थित एक ऊखु बारीमा शङ्कास्पद मृत्यु भएको अवस्थामा एक वृद्धको शव बरामद भएको छ । नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष ६०/६५ को पुरुषको शव बुधबार साँझ हात्तीलेट– १ स्थित ऊखु बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले...
काठमाण्डु, ४ मंसिर– एमाले नेता माधवकुमार नेपाल दिल्ली भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्केका छन् । प्रथम भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको १२५ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारतीय कँगेसकी अध्यक्ष सोनिया गान्धीको निमन्त्रणामा नेता नेपाल आइतबार दिल्ली पुगेका थिए । कार्यक्रममा...
काठमाण्डु, ४ मंसिर– संविधानसभा र संसदका बैठक नभएपछि अहिले धेरै सभासद् फुर्सदिला भएका छन् । संविधान निर्माणको काममा जुट्नु परेकाले दशै तिहारमा पनि घर जान नपाएका धेरैजसो सभासद् अहिले गाउँ घरतिर लागेका छन् । फाट्टफुट्ट बस्ने संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक पनि...
काठमाण्डु, ४ मंसिर– दोश्रो संविधानसभा निर्वाचन सम्पन्न भएको आज एक वर्ष पूरा भएको छ । पहिलो संविधानसभा विघटन भएपछि तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा गठित गैरदलीय सरकारले गत वर्ष मंसिर ४ मा निर्वाचन गराएको थियो । निर्वाचनले संविधानसभाको अघिल्लो समीकरणमा ठूलो फेरबदल ल्याएको थियो...
जाजरकोट, ४ मंसिर– जाजरकोटको भुर गाविसमा यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परेका मध्ये ५ जनाकाे शव फेला परेकाे छ । खलंगाबाट सुर्खेतको राकमका लागि छुटेको ना३ ख १४०८ नम्बरको बस छिन्चु– जाजरकोट सडक खण्डअन्तर्गत भुर गाविसको भुरचौरबाट बिहान ७ बजेतिर भेरी नदीमा...