प्रचण्डलाई २२ दलीय मोर्चा छोड्न एमाले सचिवको सुझाव

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते ६:४३ मा प्रकाशित

इलाम, ४ मंसिर– एमाले सचिव योगेश भट्टराईले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २२ दलीय मोर्चा त्यागेर संविधान निर्माणका लाग्न सुझाव दिएका छन् ।
yogesh
इलाममा भएको सञ्चारकर्मीसँगको भेटघाटमा उनले संविधान जारी गर्न कुनै पनि दलको दुई तिहाई बहुमत नपुग्ने भएकाले मिलेर संविधान जारी गर्नुको विकल्प नरहेको धारणा व्यक्त गरे ।

‘सहमति र सहकार्यमा अघि नबढ्ने हो भने संविधान सभाले बनाएको जुन कार्यविधि प्रक्रिया हो, त्यहीबमोजिम संविधान जारी गर्नुपर्छ’, भट्टराईले भने, ‘अहिलेसम्म भएका उपलब्धिलाई टुङ्गो लगाउँदै जानुपर्छ र बाँकी असहमतिका बुँदालाई सहमतिमा अघि बढाउँदै लैजानुपर्दछ ।’

‘संविधान नबनाउनेतर्फ अग्रसर हुनेलाई अब समयले पर्खंदैन, मुलुकले माघ ८ गते संविधान पाउँछ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us