
काठमाण्डु, ४ मंसिर– एमाले नेता माधवकुमार नेपाल दिल्ली भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्केका छन् ।
प्रथम भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको १२५ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन भारतीय कँगेसकी अध्यक्ष सोनिया गान्धीको निमन्त्रणामा नेता नेपाल आइतबार दिल्ली पुगेका थिए ।
कार्यक्रममा नेपालले नेहरुको विश्वदृष्टिकोण, लोकतन्त्र, समावेशीता र सशक्तीकरणका लागि पुर्याएको योगदानको प्रशंसा गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
दिल्ली भ्रमणका क्रममा नेता नेपालले विदेशमन्त्री सुष्मा स्वराज, भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी, डिपी त्रिपाठीलगायत उच्च भारतीइ नेतासँग भेटवार्ता भएको गौतमले बताए ।