प्रचण्डकाे माेर्चाले प्रचारात्मक कार्यक्रम गर्ने

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते ८:१७ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर – प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीसहितको २२ दलीय मोर्चा प्रचारात्मक कार्यक्रमहरुतिर जाने भएको छ ।

prachanda

बिहीबार बसेको २२ दलको बैठकले आउँदो आइतबार राजधानीमा अन्तक्र्रिया र सोमबार कुटनीतिज्ञहरुसँग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ ।

बाइस दलका तर्फबाट एमाओवादी महासचिव कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तीमा सोमबारै राजधानीमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको पनि उल्लेख छ ।

संविधान निर्माणमा गतिरोध आइरहेका बेला जिल्ला जिल्लामा आम सभाका कार्यक्रमहरु गर्दै आएको २२ दलीय मोर्चाले दोस्रो चरणमा राजधानी केन्द्रित प्रचारात्मक कार्यक्रम गर्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us