चितवन, ५ मंसिर– विद्यालय गएर छाडेका तथा विद्यालयबाहिर रहेका बालबालिका र किशोरकिशोरीलाई शिक्षाको पहुँच तथा गुणस्तरीय सिकाइका लागि यहाँ ‘खेल्दै सिक्ने केन्द्र’ सञ्चालनमा ल्याइएको छ । बालबालिकालाई अवसर अभिवृद्धि गरी सिकाइ प्रभावकारी बनाउन भरतपुरमा उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । समुन्नत नेपाल नामक संस्था,...
म्याग्दी, ५ मंसिर– म्याग्दी जिल्लामा कम उमेरमै मोतियाबिन्दुको समस्या भएका बिरामी भेटिन थालेका छन् । सामान्यतया वृद्ध अवस्थामा हुने मोतियाबिन्दुका कारण दृष्टि गुम्ने समस्या यहाँका ग्रामीण क्षेत्रका बालबालिका र युवामा पनि देखिन थालेको हो । बालबालिका र युवा अवस्थामै मोतियाबिन्दुको समस्या देखिनु स्वास्थ्यका हिसाबले...
काठमाण्डु, ५ मंसिर– राप्रपा नेपालको असन्तुष्ट समूहले अध्यक्ष कमल थापालाई सच्चिन दबाब दिने उद्देश्यले आज राजधानीमा आफू पक्षधर कार्यकर्ताको राष्ट्रिय भेला गर्दैछ । यो सँगै संविधानसभाको चौथौ शक्ति राप्रपा नेपाल फुटको संघारमा पुगेको छ । असन्तुष्ट समूहले सह–अहध्यक्ष पदमसुन्दर लावती नेतृत्वमा गठन गरेको राप्रपा...
काठमाण्डु, ५ मंसिर– हिन्दू धर्मावलम्बीले आफ्ना दिवंगत आफन्तको आत्माको चिरशान्तिको कामना गर्दै आज सतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँदै छन् । देशभरका शिव मन्दिरहरुमा तसबिज छर्नेको बिहानैदेखि घुइँचो लागेको छ । पशुपति क्षेत्रको श्लेष्मान्तक वनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सप्तबीज छर्न देशभरबाट ठूलो संख्यामा...
मकवानपुर, ५ मंसिर– वैदेशिक रोजगारीका लागि दैनिक हजारौँ युवा विदेश गइरहेको समयमा मकवानपुरका युवा आफ्नै माटोमा पसिना बगाएर आयआर्जनमा लागेका छन् । स्वदेशमा रोजगारीको प्रयाप्त अवसर नभएको भन्दै विदेश जानेको भीडमा मकवानपुरका २५ जना युवा मिलेर आलु खेती सुरु गरेका हुन् । वैदेशिक रोजगारमा...
नुवाकोट, ५ मंसिर– जिल्लाको खड्गभञ्याङ गाविस –५ फिर्केपमा महिला समूहको सक्रियतामा त्रिशूली लोखा किनारमा पक्की बाटो निर्माण भएको छ । गाउँका महिला खोलामा पानी भर्न जानका लागि तथा लास जलाउन जानसमेत अप्ठ्यारो भएपछि त्रिवेणी महिला समूहको सक्रियतामा पक्की बाटो निर्माण गरिएको हो । गविसबाट...
कञ्चनपुर, ५ मंसिर– जिल्लाको पिपलाडीमा बिहीबार सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३०० जनाको उपचार गरिएको छ । गेटा आँखा अस्पताल र पिपलाडी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा भएको शिविरमा आएकामध्ये ५० जना मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रियाका लागि महेन्द्रनगरस्थित आँखा उपचार केन्द्रमा सिफारिस गरिएको पिपलाडी स्वास्थ्य...
बर्दिया, ४ मंसिर– बर्दिया भुरीगाँउका नेत्रप्रसाद भट्टराई एक साताअघि बेपत्ता भएकी श्रीमती मेनुका घर नफर्केपछि तनाबमा छन् । गत २६ कात्तिकमा बजार जान भन्दै घरबाट निस्केकी भट्टराई पत्नी ३८ वर्षीया मेनुका अझै फर्केकी छैनन् । उनीसँगै गएकी घरभेटी रेखा कँडेलको पत्ति पत्तो छैन ।...
सप्तरी, ४ मंसिर– जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत दुई प्रहरी हवल्दारबीच कुटाकुट भएको छ । खानाको विषयमा भएको विवाद चर्किएछि प्रहरी हवल्दारद्वय चन्द्रबहादुर विक र कृष्ण खतिवडाबीच कुटाकुट भएको हो । खतिवडाको कुटाइबाट विकको आँखा र टाउकोमा गहिरो चोट लागेको छ । घाइते विकको...
काठमाण्डु, ४ मंसिर– वैदेशिक राजगारीका क्रममा निधन भएका नेपाली श्रमिकका परिवारले पाउने क्षतिपूर्ति ती मुलुकस्थित नेपाली राजदूतले नै खाने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउदी अरबका लागि पूर्वनेपाली राजदूत हमिद अन्सारीविरुद्ध मृतक परिवारका लागि आएको रकम आफैं लिएको अभियोगमा मुद्धा...
भक्तपुर, ४ मंसिर– यो वर्षको प्रवेशिका परीक्षा आगामी चैत ५ गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बसेको समितिको बैठकले पहिलो पटक प्राविधिक शिक्षाको पनि प्रवेशिका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए । यस वर्ष प्राविधिक...
काठमाण्डु, ४ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । पूर्वाञ्चल भ्रमणबाट फर्किएलगत्तै ओली बिहीबार साँझ प्रचण्ड भेट्न लाजिम्पाट पुगेका थिए । लाजिम्पाटस्थित एक व्यवसायीको घरमा दुई नेताबीच करिब दुई घण्टा गोप्य भेटभाट भएको...