बाँके, २२ असोज–गृहमन्त्री माधव घिमिरेले संविधानसभा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक सबै प्रकारको सुरक्षासम्बन्धी रणनीति तयार गरिसकेको बताएका छन् । गृहमन्त्रालयद्वारा मंगलबार बाँकेको नेपालगन्जमा आयोजित एकदिने संविधानसभा निर्वाचन मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा सम्मेलन उदघाटन गर्दै उनले केही दलले निर्वाचन बिथोल्ने कुरा गरिरहे पनि सरकारले त्यसलाई...
काठमाण्डु, २२ असोज–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न संविधानसभा निर्वाचनमा परिवर्तन पक्षधर शक्तिको जित नभए मुलुक अन्धकारमा फँस्ने बताएका छन् । बडादसैं, दिपावली र छठका अवसरमा पार्टीको काठमाण्डु निर्वाचन क्षेत्र नम्बर–१ ले मंगलबार गरेको कार्यक्रममा उनले आफ्नो पार्टीलाई बहुमत दिन मतदातालाई...
चितवन २२ असोज – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाका वागी उम्मेदवार विकास कोईरालाले आफ्नो उम्मेदवारी कुनैपनि हालतमा फिर्ता नलिने बताएका छन् । प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम दिन मंगलबार विहान चितवनका सन्चारकर्मीसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्याएका हुन् । ‘कसैले उम्मेदवारी...
काठमाण्डु, २२ असोज–आगामी संविधानसभा चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएकाहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन मंगलबारको समय तोकिएको छ । उम्मेदवारी फिर्ता लिन चाहनेले कार्यालय समय भित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने छन् । आयोगले प्रत्यक्षतर्फको उम्मेदवारहरुको अन्तिम नामावली भने बुधबार प्रकाशित गर्नेछ । निर्बाचन आयोगले...
काठमाण्डु, २२ असोज– समानुपातिक तर्फका उम्मेदवारहरुको वन्दसूचीलाई अन्तिमरुप दिन एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालयको बैठक मंगलबार बस्दै छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा दिउँसो बस्ने बैठकले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीलाई संशोधन गर्ने बताइएको छ । ‘बैठकले सबै वर्ग र क्षेत्रलाई...
नेपालगन्ज, २२ असोज– बाँके प्रहरीले भारतीय सेनाका एक पूर्वहबल्दारलाई नक्कली नागरिकता बनाएको अभियोगमा पक्राउ गरेको छ । बाँके कोहलपुरका ४६ बर्षीय प्रशान्त घर्तिमगरले आफ्नो नाम पदम बहादुर पुन बनाइ नागरिकता बनाएको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । पुनले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय...
काठमाण्डु, २२ असोज– बडा दशैं अन्तर्गत नवरात्रीको चौथो दिन मंगलबार कुष्माण्डादेवीको पूजा गरिदै छ । पूजाका लागि देशभरका देवी मन्दिरहरुमा श्रद्धालुको घुईंचो लागेको छ । काठमाण्डुको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्शाल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको...
पोखरा, २२ असोज–क्रान्तिकारी पत्रकार महासंघ कास्कीका सल्लाहकार तथा सराङ्गकोट साप्ताहिकका पत्रकार शिवराज बस्ताकोटी माथि साङ्घातिक आक्रमण भएको छ । सोमबार बेलुकी आफ्नै निवासमा बसिरहेको अबस्थामा उनी माथि अज्ञात समुहले आक्रमण गरेको हो । उनको टाउकोमा चोट लागेको छ । आक्रमण पछि आक्रमणकारी भागेको बताईएको...
विराटनगर, २२ असोज । काठमाण्डुका एक निर्माण व्यवसायीको अपहरणको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कटहरीका निर्माण व्यवसायी कृष्ण बोहरा, निजका छोरा सुगम र मधेसी जनअधिकार फोरम नेपाल विराट क्षेत्रका सदस्य श्याम मण्डललाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका–११...
कञ्चनपुर, २२ असोज– बालबालिका उत्थान तथा ग्रामीण विकास केन्द्र काठमाण्डुले असार पहिलो साताको बाढीबाट विस्थापित भएका कञ्चनपुरका ५२ घरपरिवार बाढीपीडितलाई राहत वितरण गरेको छ । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचन आचारसंहिताले राहत वितरण सरकारी निकायबाट हुनुपर्ने नियम भएपछि केन्द्रले जिल्ला प्रशासन कार्यालयको...
झापा, २२ असोज – सचेत युवा मञ्च शनिश्चरे झापाले असहाय परिवारलाई दशैंको लुगा वितरण गरेको छ । शनिश्चरे, अर्जुनधारा र खुदुनाबारीका १ सय ६० घरका वृद्ध, अशक्त महिला र बालबालिकालाई शनिश्चरे देवकोटा चोकमा एक कार्यक्रम आयोजना गरी लुगा वितरण गरिएको हो । सामाजिक संघसंस्था,...
गोरखा, २१ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादी नेता बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन मोबाइलमा एसएमएस पठाएको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् गोरखा इन्चार्ज परशुराम रम्तेलले मोबाइलमा एसएमएस पठाएर भट्टराईलाई उम्मेदवारी झिक्न आग्रह गरेका हुन् । रम्तेलले भट्टराईका स्वकीयसचिव विश्वदीप...