उदयपुर, ५ मंसिर – उदयपुर कारागारभित्र बिहीबार भएको झडपमा ५ जना कैदी घाइते भएका छन् । कैदीहरुबीच झडप हुँदा मध्यान्न १२ बजे कारागार नाइके मनोज राई सहितलाई सजिव राईको समूहले आक्रमण गर्दा कैदीका नाईके मनोज, कैदी सजिव राई, भागवत मल्लाहा, तुलसी राई र युवराज...
काठमाण्डु, ५ मंसिर – भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले भारतलाई सार्क देशहरुको मुटु भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । शुक्रबार ‘द हिन्दू’मा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री तोब्गेले भारतले नै सार्कमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेका छन् । द हिन्दूका पत्रकार सुहासिनी हैदरलाई...
काठमाण्डु, ५ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन हुने स्थल राष्ट्रिय सभागृहको आज निरीक्षण गरेका छन् । मंसिर १० र ११ गते सो स्थानमा शिखर सम्मेलन हुँदैछ । प्रधानमन्त्री कोइरालाले राष्ट्र प्रमुख तथा सरकार प्रमुख रहने मञ्च, ...
काठमाण्डु, ५ मंसिर– यातायात मन्त्रीले विज्ञप्ती जारी गरेरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण स्थगित भएको जानकारी गराएको चौबिस घण्टा नबित्दै गृह सचिव सूर्य सिलवालले भ्रमण नरोकिएको बताएका छन् । जनकपुरमा शुक्रबार भएको पत्रकार सम्मेलनमा सचिव सिलवालले मोदीको जनकपुर भ्रमण रद्द भएको खबर नआएको...
चितवन, ५ मंसिर – चितवनको दारेचोकमा मिनिट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । धादिङबाट चितवनको मुग्लिनतर्फ आउँदै गरेको ग१ख ४४०३ नम्बरको मिनिट्रक गएराति पल्टिँदा सो दुर्घटना भएको हो । गोलभेँडा बोकेको उक्त मिनिट्रक चितवनको दारेचोक गाविस–४...
काठमाण्डु, ५ मंसिर– पूर्व पराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले मोदी भ्रमणसम्बन्धी नेपाल सरकारको सार्वजनिक टिप्पणीलाई हचुवा व्यवहार र अपरिपक्व कुटानीति भनेका छन् । उनले नेपालका नेताहरु कुटनीतिमा अपरिपक्व भएको भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणका विषयमा भएको टिकाटिप्पणी अशोभनीय भएको दाबी गरे । राजधानीमा भएको एक कार्यक्रममा...
काठमाण्डु, ५ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । प्रचण्ड भेट्न थापा शुक्रबार बिहानै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । भेटमा थापाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको अतिरोध अन्त्य गरी सहमतिमै संविधान जारी...
काठमाण्डु, ५ मंसिर– राष्ट्रपति रामवरण यादवले काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको साझा प्रस्तावप्रति आपत्ति जनाएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डसँग शीतलनिवासमा शुक्रबार बिहान भएको भेटमा राष्ट्रपतिले काँग्रेस–एमालेको प्रस्ताव असान्दर्भिक रहेको बताएका हुन् । शीतलनिवास श्रोतका अनुसार यादवले उक्त प्रस्ताव मधेसी जनताको भावनाविपरीत ल्याइएको बताएका...
काठमाण्डु, ५ मंसिर– भारतीय पक्षले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण स्थगन भएको विषयमा आफूलाई केही थाहा नभएको बताएको छ । नेपालका लागि भारतीय राजदूत रणजीत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमण रद्द भएकोबारे दूतावासलाई कुनै जानकारी नरहेको बताए ।...
झापा, ५ मंसिर–प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाले एक प्रहरी सहायक निरीक्षकसहित चार प्रहरीलाई निलम्बन गरेको छ । २३ प्रहरी कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले दिएको जानकारीअनुसार सीमा क्षेत्रमा रहेर प्रहरी अनुशासन र...
काठमाण्डु, ५ मंसिर– सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज आठ वर्ष पूरा भएको छ । शान्ति सम्झौताको आठ वर्ष बित्दासमेत सम्झौताका कतिपय प्रावधान अझै कार्यान्यवन भएका छैनन् । ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री...
जनकपुर, ५ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको विरोधमा एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले जनकपुर बन्द आह्वान गरेको छ । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन, बजार–पसल र शिक्षण संस्था बिहानैदेखि ठप्प छन् । बन्दकर्ताले सहरका चोकचोकमा जम्मा भएर...